बाढी पिडीत राहत सामाग्रीको हस्तान्तरण – Jaleshwortoday

बाढी पिडीत राहत सामाग्रीको हस्तान्तरण

 १७ भाद्र २०७८, बिहीबार ०८:३२  
RAHAT

जलेश्वरटुडे समाचारदाता
वीरगञ्ज, १६ भाद्र
भारत सरकारको तर्फबाट भारतका महावाणिज्यदूत नितेश कुमारद्वारा बुधबार सांसद एवं नेपाल भारत महिला मैत्री समाज(NIWFS)को अध्यक्ष चन्दा चौधरीलाई बाढी पिडीतहरुको लागि राहत सामाग्रीको एक खेप हस्तान्तरण गरिएको छ । महावाणिज्यदूत नितेश कुमार र साँसद चौधरीले सँयुक्त रुपमा जगरनाथपुर गाउँपालिका र पर्सा जिल्लाको पर्सागढी नगरपालिकाका करिब सय जना बाढी पिडीतहरुलाई एउटा पाल,एउटा सुत्ने म्याट हस्तान्तरण गर्नुभयो । हस्तान्तरण समारोहमा पर्सा जिल्लाका राजनितिक दलका प्रसिद्ध नेताहरु तथा भारत नेपाल महिला मैत्री समाजका पदाधिकारीहरु उपस्थित थिए । ल्क्ष्ध्ँक् लाई हस्तान्तरण गरिएका राहत सामाग्र्रीमा Big Size Tents,Family Rigid Tent(Single Fly),Family Rigid Tent( Double Fly),Plastic Sheets / Sleeping Mats सामेल छन् । यी सम्पूर्ण समानहरु प्रदेश नं.२ का ६ वटै जिल्लाहरुमा बाढी प्रभावित परिवारहरुलाई वितरण गरिने छ । भर्खरै आएको बाढी र जनधनको क्षतिलाई ध्यानमा राखी पुरै खेप NIWFS मार्फत स्थानिय प्रशासनसँग समन्वय गरी प्रदेश २ का पर्सा,बारा,रौतहट,सर्लाही,महोत्तरी र धनुषामा वितरण गरिने छ । उक्त उपहार नेपाल भारत सहयोग अन्तर्गत भारत सरकारको नियमित मानवीय सहायता र नेपाललाई विपद् राहत सहयोगको हिस्सा हो ।