जनकपुुरधाम उपमहानगरमा सबै तहका विद्यालय संचालन गर्न अनुमति – Jaleshwortoday

जनकपुुरधाम उपमहानगरमा सबै तहका विद्यालय संचालन गर्न अनुमति

 १७ भाद्र २०७८, बिहीबार २३:४३  
Janakpurdham

जलेश्वरटुडे समाचारदाता
धनुषा, १७ भाद्र
जनकपुरधाम उपमहानगरपालिकाले पनि भाद्र्र १६ गते सूचना प्र्रकाशन गरी भाद्र्र १७ देखि सबैै तहका विद्यालयहरु संचालन गर्न अनुमति दिएका छन् ।
विद्यार्थी सिकाई सहजीकरण निर्देशिका,२०७७ को दफा ३३ को उपदफा २ अनुुुसार मापदण्ड पालना हुुने गरी विद्यालय संचालन गर्न अनुमति दिएको हो । विद्यालय प्रशासनले विद्यार्थी संख्या विद्यालयको भौतिक अवस्था र स्वास्थ्य संवेदनशीलतालाई दृष्टिगत गरी विद्यालय संंचालन गर्ने मोडालिटि तय गर्न भनिएको छ ।अनिवार्य रुपमा भौतिक दुरी कायम गरी माक्सको प्र्रयोग,हैण्ड वाश स्टेशन,सेनिटाइजर र थर्मलगनको व्यवस्था विद्यालयले गर्नुपर्ने छ । कक्षाकोठाको प्र्रत्येक दिन निर्मलीकरण गर्नुपर्ने छ । विद्यालयमा प्र्राथमिक उपचार सामग्रीको समेत व्यवस्था हुनुुपर्ने छ । विद्यालयको प्र्रधानाध्यापकले विद्यालय तथा विद्यालयको भौतिक,शैक्षिक तथा स्वास्थ्य सम्बन्धी सम्पूर्ण गतिििवधि पाक्षिक रुपमा पालिकामा बुझाउनुुुपर्ने छ । साथै यस सम्बन्धमा पालिकाले समेत अनुगमन गर्र्ने सूचना लेखिएको छ ।