नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा भारतको बराबरी – Jaleshwortoday

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा भारतको बराबरी

 १७ भाद्र २०७८, बिहीबार २३:४६  
Nepal

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १७ भाद्र
नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा भारतले बराबरी गोल फर्काएको छ । खेलको ६० औं मिनेटम भारतीय खेलाडीले गोल फर्कायो ।
कप्तान सुनील क्षेत्रीले करिब २० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले डाइभ गर्दै बचाएपनि पूर्ण रुपमा क्लियर हुन सकेन ।
सोही बललाई अनिरुद्ध थापाले गोललाइनबाटै गोल गरे । यसअघि नेपालका लागि अञ्जन विष्टले ३५ औं मिनेटमा अग्रता लिएको थियो । अनिरुध दोस्रो हाफको सुरुमै ब्रान्डन फर्नान्डेजको स्थानमा मैदान प्रवेश गरेका थिए ।