विद्यालयले स्वास्थ्य मापदण्ड पालना गर्न जरुरी – Jaleshwortoday

विद्यालयले स्वास्थ्य मापदण्ड पालना गर्न जरुरी

 १७ भाद्र २०७८, बिहीबार २३:५०  
Education

कोरोना कहरको संक्रमण कम हुदै गएपछि एकपछि अर्काे पालिकाहरुले विद्यालय खोलाइररहेका छन् । विद्यालय खोल्नुपर्ने अहिले आवश्यकता रहेकोले यो निर्णय स्वागतयोग्य देखिन्छ । किनभने यसले विद्यार्थीहरुका भविष्य नै अन्धकारमा परेको थियो । अहिले सामुदायिकदेखि निजी विद्यालय संचालन गर्नको लागि प्रायजसो पालिकाले निर्णय गरिसकेको अवस्थामा विद्यालयहरुले समेत स्वास्थ्य सम्बन्धि निर्देशिका पालना गर्नुपर्ने अनिवार्यता देखिन्छ । किनभने स्वास्थ्य नै धन हो । यसलाई बचाउनु प्रथम दाँयित्व हुन आउँछ विद्यालय लगायत हामी सबैको । त्यसकारण स्वास्थ्य रक्षाको लागि पालिकाहरुले दिएका स्वास्थ्य सम्बन्धि शर्तहरुको पूर्णरुपमा विद्यालयले प्रशासनले पालना गराउनुपर्ने आवश्यकता रहेको देखिन्छ । यसको अनुगमन बाहिरबाट भए वा नभए पनि स्वयं विद्यालय प्र.अ.ले अनुुगमन गरी माक्स,सेनिटाइजर,थर्मलगन र साबुन पानीको प्रयोग भएको छ वा छैन यकिन गर्न जरुरी छ । विद्यालयको संरचना अनुसार भौतिक दुरीको पालना गर्न र कक्षाकोठा दैनिक रुपमा निर्मलीकरणको व्यवस्था मिलाउनु जरुरी छ । कुनै विद्यार्थीकोे स्वास्थ्य सम्बन्धी समस्या देखिए तुरुन्त चिकित्सकको निगरानीमा राख्न लगाउनुपर्छ । विद्यालयमा प्राथमिक उपचार सामाग्रीको समेत व्यवस्था गर्न जरुरी छ ।