बालबालिका अहिले कोरोनाको कहरबाट बच्न र बचाउन जरुरी छ । नेपाल सरकारले बालबालिका स्वास्थ्यको बारेमा ध्यान दिनु आवश्यक छ ।
बालबालिका हाम्रो देशको कर्णधार हुन् । यिनीहरुको पनि स्वास्थ्यको रक्षा गर्नु नेपाल सरकार दाँयित्व हो भन्ने बाल अधिकार समेत हो । त्यसकारण बालबालिका सुरक्षित तथा स्वस्थ राख्नको लागि कोरोना खोपको व्यवस्था सम्बन्धीत सरोकारबालाहरुले सिघ्र गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ । अहिले बच्चाहरुलाई लक्षित गरी भाइरसको संक्रमण हुने खतराबारे स्वास्थ्य निर्देशनालय तथा मन्त्रालयले जानकारी गराएको अवस्थामा बच्चाहरुको लागि पनि विदेश झै खोप वा औषधीको व्यवस्था सरकारबाट हुनु पर्दछ । किनभने अन्य उमेर समुहको स्वास्थ्यको सुरक्षा गरे झै बच्चाको लागि व्यवस्था गर्नु आवश्यक छ । यसले बालबालिकाको स्वास्थको रक्षा हुने देखिन्छ । बालबालिकाहरु अहिले विभिन्न ठाउँहरुबाट विद्यालय जान थालेका छन् । अहिले विद्यालय हरुलाई बालबालिकाको स्वास्थ्य प्रति संवेदनशील भएर राम्र्रोसँग निगरानी गर्न जरुरी छ । त्यसैगरी अभिभावक स्वयंले पनि बालबालिकाहरुलाई विद्यालय पठाउदा विद्यालयले अपनाएका स्वास्थ्य सम्बन्धी मापदण्डबारे जानकारी राख्नुपर्छ । कमी कमजोरी देखिए यसको बारेमा विद्यालय प्रशासनलाई जानकारी गराउनुुपर्छ ।