महोत्तरीको बर्दिबासमा ट्रायल पास गरेकै दिन हातमा लाइसेन्स – Jaleshwortoday

महोत्तरीको बर्दिबासमा ट्रायल पास गरेकै दिन हातमा लाइसेन्स

 १९ भाद्र २०७८, शनिबार २३:२८  
Mahottari

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १९ भाद्र
यातायात व्यवस्था कार्यालय बर्दिबासले अब ट्रायल पास गरेकै दिन सवारीचालक अनुमति पत्र (लाइसेन्स) दिन सुरु गरको छ । एकवर्ष परीक्षण काल हुने छुट्टै लाइसेन्स वितरण सुरु गरेको हो । ट्रायल पास गरेकै दिन एकवर्षे परीक्षण काल भएको लाइसेन्स कार्यालयले उपलब्ध गराउन सुरु गरेको यातयात प्रमुख पोषन थापाले जानकारी दिए । एकवर्षका लागि क्यूआर कोडसहितको परीक्षणकालिन लाइसेन्स वितरण सुरु गरेको बताए । लिखित र ट्रायल पास गरेको वर्षदिनमा समेत स्मार्ट लाइसेन्स नपाउँदा धेरै सर्वसाधारणले सास्ती भोग्नु परेको छ । पछिल्लो समय स्मार्ट काड छपाई सादा कार्ड नभएर बन्द भएको हो । छापिए पनि ढिला गरी सर्वसाधारणलाई उपलब्ध गराउने गरिएको छ । एकवर्षे परीक्षणकालिन लाइसेन्स वितरणले सर्वसाधारणले राहत पाउने प्रमुख थापाको विश्वास छ ।