महोत्तरी जिल्लाको ६ वटा रेडियो स्टेशनहरुको विद्युत आपुर्ति काटिएर सञ्चार क्षेत्रलाई अपमान भएको छ । राज्यको चौथो अंगको रुपमा परिचित सञ्चार तथा पत्रकारीता पेशामा अंकुश लगाइएको छ । १७ देखि १८ महिनासम्म कोरोनाको कारण बन्दाबन्दी भएकोले समग्र अर्थतन्त्र नै प्रभावित भए पछि रेडियो स्टेशनहरु समेत प्रभावित भएका छन् । पहिला भन्दा अहिले रेडियो व्यसाय त्यति फ्रष्टाएको छैन । किनभने महोत्तरी जिल्लामा नै करिब १० वटा रेडयो स्टेशनहरु छन् । कोरोना कहरका बेला समाचार सम्प्रेशन तथा कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बाध्यता भएकोले आर्थिक मन्दी विच समस्याहरु थपिदै गए । यस्तो प्र्रतिकुल परिस्थिको बारेमा सबैलाई थाहा भए पनि नेपाल विद्युत प्राधिकरण जलेश्वर वितरण केन्द्रले अनजान भएर देखाएको व्यवहार अव्यवहारिक देखिन्छ । अहिले भर्खरै त अर्थतन्त्रले गति लिन थालेका छन् । झन् श्रावण तथा भदौको महिना संचार क्षेत्रको लागि ज्यादै नै खालि महिना हो । यति बेला नेपाल विद्युत प्राधिकरणले धैर्यता राख्नु पर्ने आवश्यकता थियो । रेडियो उद्यम बिल्कुलै सेवामुखि संस्था हुन । त्यसकारण यस्ता संस्थाहरुलाई प्राथमिकता तथा विशेष सहुलियत दिन आवश्यक छ । त्यसकारण ती काटिएका लाइन बाँकी बक्यौता बारे समय निर्धारण गरी तुरुन्त जडान गर्नुपर्छ ।