प्रदेश २ सरकारबाट गठीत जनलोकपाल आयोगले व्यवहारिक हुन जरुरी देखिन्छ । यस आयोगको गठन गरिनुको मुल उद्देश्य यस प्रदेशमा व्याप्त अनियमितता,भ्रष्टाचार तथा बेरुजुलाई नियन्त्रण गर्नु हो । यस आयोगको यो कार्य चुनौतिपूर्ण रहेको देखिन्छ । तर ईमानदारीसाथ गरेको कुनै पनि कार्य सफल हुन्छ भने झै यस आयोगमा मनोनित प्रतिनिधिहरुले जिम्मेबारीका साथ काम गरे अवश्य पनि यो समस्या समाधान हुने देखिन्छ । तर यसको कार्यान्वयन पक्ष ज्यादै चुनौतिपूर्ण ेदेखिन्छ । प्रदेश २ को मन्त्रालयदेखि स्थानिय निकायहरुको बेरुजुको आँकडाले जनमानसमा वितृष्णा सृजना गरेको छ । यसले जनतामा सरकारप्रतिको विश्वासमा कमी आएको छ । त्यसकारण यस आयोगले भारतको देखासिकी गरे पनि उद्देश्यलाई सर्बाेपरी ठान्दै जनमानसको जनभावनालाई बुझेर भ्रष्टाचार भएको प्रमाणको आधारमा तुरुन्त कारबाही गर्न थाल्नुपर्छ । शहिद,पिछडावर्ग,दलित,जनजातिको नाउँमा आएको बजेटमा भएको अनियमिततामाथि छानबिन गरी कारबाही गर्नुपर्छ । मुख्यमन्त्री स्वच्छता अभियान,बेटी पढाऊ बेटी बचाऊ,स्थानिय तहको निर्माण सम्बन्धि कार्य लगायतमा भएको अनियमितताको कारबाही गर्नुुपर्छ । यदि यस आयोगले यो सम्पूर्ण कार्य गर्न नसके तलब र भत्ताको लागि मात्र गठन गरिएको आयोगको कुुनै आवश्यकता रहेको देखिदैन ।