खानेपानी संस्थानले गल्ती सुधार गर्न जरुरी – Jaleshwortoday

खानेपानी संस्थानले गल्ती सुधार गर्न जरुरी

 २४ भाद्र २०७८, बिहीबार २३:१५  
Education

खानेपानी संस्थान जनकपुरद्वारा वितरित खानेपानी दूषित देखिएको छ । खानेपानी मानिसको लागि अमृत समान हो । हाम्रो शरिरमा अन्य पदार्थ भन्दा बढी पानीकै मात्रा रहेकोले यो शुद्ध र सफा हुन जरुरी छ । किनभने अशुद्ध पानीकै कारण मानवीय शरीरमा अनेकौ प्रकारको रोग लाग्ने गर्दछ । यी सत्य तथ्य पक्कै पनि खानेपानी संस्थानलाई थाहा हुनुपर्छ । तर जानी जानी उपभोक्ताको स्वास्थ्यसँग लापरबाही देखाउनु निन्दनीय देखिन्छ । उपभोक्ताले खानेपानी प्रयोग बापत निश्चित शुल्क बुझाएका हुन्छन् । शुल्क तिरेर पनि अखाद्य तथा ढल मिश्रित फोहोर पानी पाउनु संस्थानका कर्मचारीहरुको लापरबाही तथा कार्यालय प्रमुखको मनोमानी देखिन्छ जुन गैरकानुनी तथा गैरजिम्मे बारीपूर्ण हो । यस्तो हेलचक्रयाई विरुद्ध सम्बन्धित सरोकारबालाहरुले कारबाही गर्न आवश्यक छ । आन्तरिक कर्मचारी तथा कार्यालय प्रमुखले खानेपानी पाइपहरुको जाँच गर्न पनि जरुरी देखिन्छ । किनभने पानी दूषित आउनुको कारण पाइप फुट्नु पनि हो । त्यसकारण नियमित रुपमा पाइप लाइनलाई हेरचाह तथा अनुगमन गर्न जरुरी छ । फुटेका पाइपहरुको सट्टामा राम्र्रो पाइपहरु जडान गरी यस्ता कमी कमजोरीहरु नियन्त्रण गर्न सकिन्छ ।