धुमधामसंग हरितालिका तीज मनाइयो – Jaleshwortoday

धुमधामसंग हरितालिका तीज मनाइयो

 २४ भाद्र २०७८, बिहीबार २३:२२  
Teej

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २४ भाद्र
हरितालिका तीज मधेश सहित देशभर धुमधामसित मनाइएको छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व देवादिदेव महादेवको पूजा आराधना गरी श्रद्धा र निष्ठाका साथ मनाइयो ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पति दीर्घायु, पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहिआएको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता रहेको छ ।
देशका अन्य ठाउँहरुमा जस्तै पछिल्लो समय मधेशमा क्षेत्रमा पनि तीजको तामझाम बढ्दै गएको छ । पतिको दिर्घयुको कामना गरी पहाडी समुदायले निष्ठा र आस्थाका साथ मनाउँने पर्व अव मधेशी महिलाहरुको पनि निष्ठाको पर्व बनिसकेको छ । बिहिबार जनकपुरमा दुवै समुदायका महिलाहरु एकअर्कामा घुलमिल भई हर्षोल्लासका साथ नाचगान गर्दै तीज पर्व मनाए । एक अर्का समुदायका महिला एक ठाउँमा आएर तीज मनाउँन थालेपछि दुवै समुदायका महिलाहरु हर्षित भएको श्रद्धालुहरुले बताए । तीजको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि जनकपुरमा गणेश युवा कमिटीले राममन्दिर अगाडी तीज विषेश कार्यक्रम आयोजन गरेको थियो । यहाँ पहाडी र मधेशी समुदायका महिलाहरु नाचगान र रमाईलो गर्दै तीज पर्व मनाएका थिए ।