
जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २४ भाद्र
बलिउडकी सुन्दरी ऐश्वर्या रायको बारेमा विभिन्न तथ्यहरु बाहि रिन्छन् जसले सामाजिक सञ्जालमा चर्चा पनि पाउँछ । उनको बारेमा केही रोचक तथ्यहरु पनि चर्चामा आइरहन्छन् जसमध्ये उनको कलेज पढ्दाको अर्को एक रोचक प्रसंग रमाइलो रहेको छ । उनी कलेज पढ्दा आफूलाई पढाउने शिक्षकको प्रेममा परेकी थिइन् । उनकी एक साथीले बताए अनुसार उनी कलेजकी सबैभन्दा सुन्दर युवती थिइन् । ऐश्वर्याकी साथीले भनिन्, ‘जो पनि ऐश्वर्याका लागि लठ्ठ थिए । तर, ऐश्वर्या भने आफूलाई पढाउने शिक्षकको प्रेममा पागल भएकी थिइन् । उनी फिजिक्स पढाउने शिक्षकलाई मन पराउँथिन् । उनी फिजिक्स शिक्षकलाई आर्कषित गर्न पहिलो सिटमा बस्ने गर्थिन् । तर, उनीहरुको प्रेम यतिमै सीमित भयो ।’ बलिउडमा प्रवेश गरेपछि ऐश्वर्याको सलमान खान, राजीव मुलचन्दानी, बिबेक ओबरोय जस्ता अभिनेतासँग नाम जोडियो । सन् १९७३ को नोबेम्बर १ मा जन्मिएकी ऐश्वर्याले सन् १९९४ मा मिस वल्र्ड प्रतियोगिता जितेकी थिइन् । उनले तेलेगु, तमिल, बंगाली र अंग्रेजी भाषाका सुपर हिट फिल्ममा काम गरेकी छन् ।