विभिन्न गाउँपालिका तथा नगरपालिका भित्र भएको भ्रष्टाचार तथा अत्यधिक खर्चहरु बाहिरिएका छन् । यसले सम्बन्धित पालिका बदनाम भएको छ भने सम्बन्धित जनता आक्रोसित भएका छन् । धेरैजसो पालिकाहरुमा स्थानिय जनप्रतिनिधिहरुका तलबभन्दा बढी भत्ताको रकम नै बढी देखिएका छन् । सबारी साधन, ईन्धन,खाना,अनुगमन,भ्रमण लगायत अन्य विभिन्न शिर्षकमा अत्यधिक खर्च भएको छ जसले विकासात्मक बजेटलाई पभावित गरेका छन् । पालिका भित्रको विकासात्मक कामहरु थोरै मात्रामा भएका छन्् । अर्काे कुरा निर्माण सम्बन्धि कार्यहरुमा समेत प्रक्रिया नै पुरा नगरी कतिपय ठेक्का दिइएका छन्। ठेक्का दिइएका योजनाहरु गलत किसिमले प्रभावित भएर दिइएकोले निर्माण कार्यहरु राम्रोसँग भएका छैनन् । पालिका जनप्र्रतिनिधिहरु पाउनुुपर्नै तथा यथोचित भत्ताहरु पर्याप्त छन् । जनताको बजेटलाई गलत तरिकाले प्रयोग गर्नु बेरुजु हो,भ्र्रष्टाचार होे । कुनै पनि देश तथा ठाउँको विकास भ्रष्टाचार खत्म नभई परिकल्पना नै गर्न सकिदैन । त्यसकारण यस्ता गैरकानुनी क्रियाकलाप बन्द गरिनुपर्छ । साथै बेरुजुु देखिएका रकमहरु असुलउपर गर्न सम्बन्धित सरोकारबालाहरुले चासो लिन जरुरी छ । साथै सम्बन्धित जनप्रतिनिधि लगायत कर्मचारीहरुले समेत आत्मसमर्पण गर्न जरुरी छ ।