जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २६ भाद्र
नेपाल सद्भावना पार्टीको महोत्तरी जिल्ला ११ सदस्ययी कार्य समिति चयन गरिएको छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको भार्गेश्वर मन्दिरको प्रांगणमा बसी तत्कालिन संयोजक देबेन्द्र्र कापरको अध्यक्षतामा शनिबार एक समारोह बीच ११ सदस्ययी कार्य समिति चयन गरियो । कार्य समितिमा अध्यक्षमा देबेन्द्र्र्र कापर,उपाध्यक्षमा परमिला देवी चौधरी,सचिवमा दिनेश साह,सहसचिवमा अनिल चौधरी,कोषाध्यक्षमा मोहन प्र्रसाद साह,सदस्यहरुमा राम जुलुम साह,सुकमरिया देवी,सुरेन्द्र कापर,मो.रजाक अंसारी,विजय कुमार निराला र मो.बुधु अंसारी सर्वसम्मतिले चयन गरियो । कार्यक्रममा नेसपा राष्ट्रिय अध्यक्ष राम कुमार महतोले कार्य समितिका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई दिनुको साथै पार्टीको नीति तथा कार्यक्रमहरुबारे प्रकाश पार्नुभएको थियो । हामीले सत्ता,भत्ताको लागि नभई मधेसीहरुको अधिकार प्राप्तिको लागि नेपाल सद््भावना पार्टीको संचालन भएकोले अन्य संघ संगठनहरुलाई समेत यस कार्यमा आबद्ध हुन आग्रह गर्नुभयो । त्यसैगरी अर्काे नेसपा नेता प्रा. बालकेश्वर ठाकुरले स्व. गजेन्द्र्र नारायण सिंहको योगदानको बारेमा जानकारी गराउनुभयो । सो कार्यक्रममा केन्द्रिय महासचिव नागेन्द्र्र सिंह,के.प्र्रवक्ता पवन कुमार साह,के.सदस्य विरेन्द्र कुमार महतो,प्रदेश नं.२ युवा मञ्चको अध्यक्ष राज कुमार चौधरी,धनुषा जिल्ला अध्यक्ष मुरारी लाल कर्ण,उपाध्यक्ष बुधन साह,सदस्य श्री कृष्ण मण्डल लगायत सयौं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।