नेपाल सदभावना पार्टीको प्रदेश २ स्तरिय ९ सदस्ययी कार्य समिति गठन,अध्यक्षमा रामानन्द ठाकुर – Jaleshwortoday

नेपाल सदभावना पार्टीको प्रदेश २ स्तरिय ९ सदस्ययी कार्य समिति गठन,अध्यक्षमा रामानन्द ठाकुर

 २८ भाद्र २०७८, सोमबार ०७:४२  
Pradesh

जलेश्वरटुडे समाचारदाता
धनुषा, २७ भाद्र
नेपाल सद्भावना पार्टीको प्रदेश २ स्तरिय ९ सदस्ययी कार्य समिति चयन गरिएको छ । नेपाल सद्भावना पार्टिको केन्द्र्रिय कार्यालयमा आइतबार एक समारोह वीच प्रदेश २ को ८ वटै जिल्लाहरुमा पार्टी विस्तार गर्नका लागि प्रदेश २ स्तरिय समिति गठन गरिएको हो । कार्य समितिको अध्यक्षमा रामानन्द ठाकुरउपाध्यक्षमा बनबारी चौधरी,उपाध्यक्षमा सुरेश यादव,सचिवमा सुनिल कुशबाहा,सदस्यहरुमा कामेश्वर ठाकुर,सुनिता देवी कानु,विनोद मण्डल,राज कुुमार चौधरी,सिता ठाकुरलाई सर्वसम्मतिले चयन गरिएको थियो । कार्यक्रममा नेसपा राष्ट्रिय अध्यक्ष राम कुमार महतोले प्रदेश २ को नव कार्य समितिका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई दिनुको साथै पार्टीको गतिबिधि तथा कार्यक्रमहरुबारे प्रकाश पार्नुभएको थियो । नव पदाधिकारीहरुलाई टीका तथा माला लगाई सम्मान गरिएको थियो । सो कार्यक्रममा नेसपा केन्द्र्रिय उपाध्क्ष श्रीवति भेडिहर,केन्द्रिय प्रवक्ता सत्य नारायण प्रसाद रौनियार,के.सदस्य खेदु प्र्र्रसाद मण्डल,धनुषा जिल्ला अध्यक्ष मुरारी लाल कर्ण, लगायत सयौं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।