नेपाल सदभावना पार्टी र स्वाधिन मधेस जनअभियानको संयुुक्त कार्यगत मोर्चाःस्वाधिन मधेस बृहत मोर्चा गठन – Jaleshwortoday

नेपाल सदभावना पार्टी र स्वाधिन मधेस जनअभियानको संयुुक्त कार्यगत मोर्चाःस्वाधिन मधेस बृहत मोर्चा गठन

 २८ भाद्र २०७८, सोमबार ०७:४५  
Swadhin Madhesh

जलेश्वरटुडे समाचारदाता
धनुषा, २७ भाद्र
नेपाल सरकारसँग पूर्ण समानुपातिक निर्वाचन प्र्रणाली र ८ बुँदे सहमति लागु गराउनको लागि नेपाल सद्भावना पार्टी र स्वाधिन मधेस जनअभियान बीच कार्यगत एकता भएको छ ।
जनकपुरधाममा नेपाल पत्रकार महासंघ कार्यालयमा शनिवार एक समारोह बीच नेपाल सद््भावना पार्टी तर्फबाट केन्द्र्रिय अध्यक्ष रामकुमार महतो र स्वाधिन मधेस जनअभियानको अध्यक्ष कैलास महतो बीच कार्यगत एकता गरिएको हो । दुवै संस्थाहरु बीच आइतबार पत्रकार सम्मेलन मार्फत कार्यगत एकताको घोषणा भएको मोर्चाको संयोजक कैलास महतोले प्रेस विज्ञप्ति पढेर बताउनुभयो । वक्तव्यको क्रममा वहाँले स्वाधिन मधेस बृहत मोर्चा नेपाल सरकारको पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र भाग लिने बताउनुभयो । साथै शान्तिपूर्ण रुपमा बिगतमा नेपाल सरकारको भुपू प्रधानमन्त्र िस्व.गिरिजा प्रसाद कोइराला र तत्कालिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा वीच भएको ८ बुँदे सहमति कार्यान्वयन गराउन यो मोर्चा अग्रसर रहने बताउनुभयो । त्यसैगरी सभालाई सम्बोधन गर्दै मोर्चाको सहसंंयोजक राम कुुमार महतोले मधेसमा रहेका मधेसी दलालहरुका कारण मधेको अवस्था जेनको तेन रहेको बताउनुभयो । मधेसी नेताहरुले आफ््नो स्वार्थको राजनीति गरेर मधेसको अस्तित्व नै समाप्त पारेको अभियोग समेत लगाउनुभयो । वहाँले यस मोर्चाले संयुक्त रुपमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली र बिगतको ८ बुँदे सहमति पुरा गर्न गराउन विभिन्न कार्यक्रमहरु को संचालन गर्ने बताउनुभयो । सो कार्यक्रममा नेसपाको उपाध्यक्ष श्रीवति भेडिहर,के.सल्लाहकार प्र्रा.बालकेश्वर ठाकुर,के.प्रवक्ता सत्यनारायण प्र. रौनियार,के. प्रवक्ता पवन कुमार साह,के.सदस्य खेदु प्रसाद मण्डल,प्रदेश नं.२ युवा मञ्चको अध्यक्ष राज कुमार चौधरी, प्रदेश २ अध्यक्ष रामानन्द ठाकुर,प्रदेश २ युवा मञ्चको अध्यक्ष तथा प्रदेश २ सदस्य राज कुमार चौधरी ,धनुषा जिल्ला अध्यक्ष मुरारी लाल कर्ण,सरोज पासवान,पत्रकारहरु तथा दुवै पक्षका सयौं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।