महोत्तरी बर्दिबासका मेयर कार्कीले कानुन विपरीत करोडौंको ग्राइभेल बेचेको खुलासा – Jaleshwortoday

महोत्तरी बर्दिबासका मेयर कार्कीले कानुन विपरीत करोडौंको ग्राइभेल बेचेको खुलासा

 २९ भाद्र २०७८, मंगलवार ००:२१  
Mahottari

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २८ भाद्र
बर्दिबास नगरपालिका प्रमुख विदुर कार्कीले कानुन विपरीत पोखरी खन्ने नाममा नदी जन्य पदार्थ उत्खनन निकासीको ठेक्का दिएर करोडौंको अनियमितता गरेको खुलासा भएको छ ।
बर्दिबास नगरपालिकाले मेयर कृषि कार्यक्रम अन्तर्गत माछा पोखरी उत्खनन गर्दा नदीजन्य पदार्थ निष्कासनमा कानुन विपरीत ठेक्का दिई व्यापक अनियमितता गरेको महालेखा परीक्षकको ५८ औं प्रतिवेदनमा पाइएको छ । प्रतिवेदन अनुसार नगरपालिकाले प्रचलित कानुन विपरीत मिति २०७७ जेठ २९ गते र २०७७ जेठ २७ गत रोशन कन्ट्रक्सनलाई १५ लाख घन मिटर ग्राइेभल निश्कासन गर्न २ करोड ३९ लाख २० ५ सयमा र शिवालय दिवा जे भीलाई एक लाख घनमिटर ग्राइेभल निश्कासन गर्न ७९ लाख ७३ लाख २८० मा सोझै ठेक्का सम्झौता गरेको थियो । नगरपालिकाले नदीजन्य पदार्थको आय ठेक्का प्रचलित कानुन बमोजिम प्रतिस्पर्धाबाट गर्नुपर्ने प्रावधान छ । सो अनुसार नदिजन्य पदार्थ निष्कासनको प्रतिस्पर्धा नगराई सोझै दिएकोले कानुनको अनुसार नगरेको महालेखा परीक्षकको ठहर छ । त्यति मात्र होइन ठेक्का लिएका दुबै ठेकेदारले ग्राइभेल निष्कासन गरेको सम्पूर्ण रकम समयमा दाखिला नगरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । दुबै ठेकेदारले सम्झौता शर्त अनुसार समयमा रकम दाखिला नगरेकाले बैंक जमानत जफ्तसहित जरिवाना समेत गरी १ करोड ८९ लाख १७ हजार ७६२ रुपैयाँ असुल गर्न महालेखा परीक्षकले भनेको छ । रोशन कन्ट्रक्सनले मात्र ६० लाख बैंक दाखिला गरेको छ । रोशन कन्ट्रक्सनबाट बाँकी १ करोड ७९ लाख २० हजार ५ सय र शिवालय दिवा जेभीले ग्राइभेल निष्कासन गरेको ६२५४ घनमिटरको ९ लाख ९७ हजार २६२ रुपैयाँ अशुल गर्न बाँकी रहेको उल्लेख छ । नगरपालिका श्रोतका अनुसार मेयर कार्कीले मोटो रकमको सेटिंगमा दुबै ठेकेदार कम्पनीलाई कानुन विपरीत सम्झौतामा सोझै ग्राइभेल निष्कासनको ठेक्का दिएका थिए । प्रदेश २ मै सबभन्दा नदी दोहन हुने नगरपालिका बर्दिबास रहेको छ । बर्दिबासका मेयर खोला उत्खनन गराउनेमा बादसाहका रुपमा चर्चित छन् । उनले नगरभित्रको खोला अवैध रुपमा उत्खनन गराउन क्रसर माफियाको सेटिंग गर्ने गरेको आरोप लाग्ने गरेको छ । सोहि कामबाट मेयर कार्कीले रोडौंका अकुत सम्पति जोडेको व्यापक चर्चा छ । बर्दिबास नगरभित्र दर्जनौ क्रसरहरु सञ्चालनमा छ । केहि क्रसरमा गोप्य लगानी मेयर कार्कीको पनि रहेको स्थानीयले बताएका छन् ।