मधेसमा कालो दिन – Jaleshwortoday

मधेसमा कालो दिन

 १ आश्विन २०७८, शुक्रबार ००:१८  
Education

मधेसमा कालो दिवसलाई २०७२ साल असोज ३ गतेदेखि मनाउन थालिएको हो । यसै दिन नेपाल सरकारले लाख विरोधको बाबजुद बन्दुक र प्रशासनको आँडमा मधेसको मुद्दाहरुलाई थाति राखेर अपूर्ण संविधानको घोषणा गर्यो । करिब ६ वर्षदेखि मधेसी जनता आफ्नो अधिकार प्राप्तिको लागि असोज ३ लाई कालो दिन रुपमा मनाई सो दिनको साँझ पख ब्लैक आउट अर्थात निश्चित समयको लागि बती निभाएर विरोध प्रदर्शन गर्दै आएको छ । मधेसबादी विभिन्न पार्टीहरुले समेत यस दिनमा विभिन्न बिरोधका कार्यक्रमहरु जिल्ला—जिल्लामा गरी सरकारलाई साँकेतिक रुपमा २०७२ को संविधानलाई संसोधन लगायतका माँगहरु राखि विरोध गर्दै आएका छन् । २०७२ साल असोज ३ गते मधेस तथा मधेसीहरुको ईच्छा विपरित पक्षपातपूर्ण तथा अपूर्ण संविधानको घोषणा गरिएकोले यस दिनलाई कालो दिनको रुपमा मनाइन्छ । वास्तवमा यो मधेसी जनसमुदाय तथा मधेसको लागि दुःख तथा शोकको दिन हो । तर अहिले विभिन्न मधेसबादी दलहरु खसबादी शासकहरुसँग गठबन्धन गरी पदीय लोभमा परी सरकारमा जाने देखिएकोले धेरैजसो दिग्गज मधेसबादी नेता तथा पार्टीहरुले बाहिरबाट कालो दिनको रुपमा मनाए पनि व्यवहारिक रुपमा भने फरक तथा खसबादी चिन्तनबाट ओतप्रोत भएको प्रष्ट देखिन्छ । नेपाल सद्भावना पार्टीले भाद्र्र ३० गते नै प्रेस विज्ञप्ति निकालेर असोज ३ गते कालो दिनको रुपमा मनाउने घोषणा गरिसके पनि अन्य मधेसबादी दलहरुले कुनै संकेत नगर्नु शंकाको विषय बनेको छ । यस कालो दिनलाई मधेसबादी दलहरुले मनाउनुु परम् धर्म रहेको देखिन्छ । सरकारले समेत यिनिहरुकको माँगको संबोधन गर्न जरुरी छ ।