महिला सशक्तिकरण अभियानले आठौ परिवार नियोजन दिवस मनाए – Jaleshwortoday

महिला सशक्तिकरण अभियानले आठौ परिवार नियोजन दिवस मनाए

 २ आश्विन २०७८, शनिबार २२:२२  
Mahila Sashaktikaran

जलेश्वरटुडे समाचारदाता
धनुषा, २ असोज
आठौं परिवार योजना दिवस २०७८ को अवसरमा असोज २ गते अर्थात १८ सेप्टेम्वरका दिन जनकपुर स्थित गैर सरकारी संस्था महिला सशक्तिकरण अभियान (WEM) ले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को सहयोगमा धनुषा जिल्लाको जनकपुरधाममा प्रदेश स्तरीय, सर्लाही जिल्लाको मलंगवा नगरपालिका, गोडैता नगरपालिका र कौडेना गाउपालिकामा तथा रौतहत जिल्लाको गौर नगपालिका, यमुनामाई गाउँपालिका, र गुजरा नगरपालिकामा पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गरेर मनाएका छन । प्रदेश स्तरीय कार्यक्रममा विभिन्न मन्त्रालय, गैर सरकारी संस्थाका प्रतिनिधि, पत्रकार तथा युवाको उपस्थिति थियो । त्यस्तै पालिका स्तरीय कार्यत्रममा सम्बंधीत पालिकाको प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य संस्थाका प्रमुखहरु, शिक्षा शाखाका प्रमुख, योजना शाखाका प्रमुख, महिला स्वास्थ्य स्वयमसेविका, पत्रकार तथा युवाहरुको सहभागीता थियो । कार्यक्रममा मूख्यरुपले परिवार योजना दिवसको अवधारणा, परिचय र परिवार योजना प्रयोगकर्ताहरुको वर्तमान अवस्थाहरुको बारेमा छलफल गरियो । सम्बन्धित सहभागीहरुले आफनो पालिकामा परिवार योजनाका साधनहरु आवश्यक रहेको व्यक्तीहरुलाई यस बारे जानकारी गराउने प्रतिवद्धता समेत गर्नुभयो र प्रमुख तथा उप–प्रमुखहरुले आफनो पालिकामा परिवार योजनाका साधनहरुको पर्याप्त पूर्तिगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।