
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २ असोज
विश्वकर्मा पूजाको अवसरमा महोत्तरीको विभिन्न स्थानमा आरकेस्ट्रामा नृत्य गर्न भारतबाट आएका ३७ जना कलाकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महोत्तरीको मठिहानीनाकाबाट नेपाल प्रवेश गरेका प्रवेश गरेका २८ जना र कटकटैया नाकामा ९ जनालाई नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । नियन्त्रणामा रहेकाहरु अधिकांश महिला छन् । उनीहरु शुक्रबार दिउँसो आरकेस्ट्रा कार्यक्रम गर्न नेपाल पसेका थिए । सबैजनालाई सोही नाकामै होल्ड गरेर नियन्त्रणमा राखेको र सम्झाई बुझाई छोड्ने तयारी गरेको एसपी आचार्यले बताए । यस्तै विश्वकर्मा पूजाको अवसरमा महोत्तरीको विभिन्न भागमा प्रतिवन्धको अवज्ञा गरी आयोजन गरेको आरकेस्ट्रा तथा नाच प्रोग्राम बन्द गराइएको एसपी आचार्यले जानकारी दिए ।