नेपाल सद्भावना पार्टीद्वारा काला दिन मनाउदै मोटरसाइकल रैलिकोे आयोजना – Jaleshwortoday

नेपाल सद्भावना पार्टीद्वारा काला दिन मनाउदै मोटरसाइकल रैलिकोे आयोजना

 ४ आश्विन २०७८, सोमबार ००:०५  
Final

जलेश्वरटुडे समाचारदाता
धनुषा, ३ असोज
नेपाल सद्भावना पार्टीद्वारा काला दिन मनाउदै मोटरसाइकल रैलि निकालिएको छ । २०७२ को अपूर्ण संविधान प्रति असन्तुष्टि राख्दै मधेसी,दलित,थारु,जनजाति, आदिबासी,उत्पीडीत वर्गको अधिकार सुनिश्चित गर्न गराउनको लागि संविधान संशोधनको माँग राख्दै विरोध स्वरुप विभिन्न जिल्लाहरुमा तथा जनपुरधाम केन्द्रिय कार्यालय मुरली चौकबाट मोटरसाइकल रैलि प्र्रारम्भ गरी मालपोत,जिल्ला प्रशासन कार्यालय,कदम चौक,भानुचौक,मिल्स एरिया,देवि चौक,पिरारी चौक,रामानन्द चौक,जानकी चौक,जनक चौकको बाटो हुदै राजदेवी चौकमा कोण सभामा परिणत भएका थिए । कोण सभाको सम्बोधन गर्दै नेसपा प्रदेश नंं.१ अध्यक्ष चन्देश्वर चौधरीले मधेसी लगायत उत्पीडित वर्गको अधिकार प्राप्तिको लागि जनसमुदायर्ले नेपाल सद्भावना पार्टीलाई सहयोग गर्नुुपर्ने धारणा राख्नुभयो । त्यसै गरी नेसपा के.महासचिव रामप्रित यादवले दासताको जंंजिरमा बाँधिएको मधेसी जनताको छातिमा बन्दुक तानेर जबरजस्ती ल्याइएको अहिलेको संविधान हामी स्वीकार गर्दैनौं बताउनुभयो । मधेसको अधिकारलाई कुण्ठीत गरी ल्याइएको संविधानको घोर भत्र्सना गर्दछौं बताउनुभयो । जब सम्म यो संविधानको संशोधन हुुदैन तब सम्म नेसपाले यो संविधान विरोध गर्ने बताउनुभयो । त्यसैगरी अर्काे नेसपा बरिष्ठ नेता प्रा.राजेन्द्र प्र्र्रसाद सिंहले युवा शक्तिको प्रसंशा गर्दै तुफान,आगो,र चट्टान जस्तै लडने योद्धा युवाले नै देशको सत्ता परिवर्तन गर्ने भएकोले अहिले नेसपाको अध्यक्ष राम कुमार महतो युवा नै भएकोले अत्यधिक सहयोग गर्न अपिल गर्नुभयो । साथै स्व.गजेन्द्र नारायण सिंहको स्मरण गर्दै जोसको साथ अघि बढन युवा शक्तिलाई आग्रह गर्दै आफूले होस दिने बताउनुभयो । खडग उठी सन् ५७ मे वो तलबार पुरानी थि,खुब लरी मरदानी वो तो झाँसीबालि रानी थि भन्दै सबै युवा राष्ट्रिय अध्यक्ष हुन बताउनुभयोे । केहि मधेसी नेताहरुले मधेसको नाममा,मधेसीहरुलाई अधिकार दिलाउनको लागि कैयौंं युवा,बच्चा,महिलालाई शहिद गराए । तर मधेसीहरुलाई अधिकार नदिलाई ती नेताहरु आफ्नो स्वार्थ पूर्तिको लागि मन्त्रीमण्डलमा एक एक गरेर गए वहाँले थप्नुभयो । युवाहरुलाई माकुरोकोे जालो झै ती मधेसी नेताहरुद्वारा बुनिएको जालमा नफस्न आग्र्रह गर्नुभयो । स्व. गजेन्द्र नारायण सिंंहले मधेस र मधेसी गुलामीको जंजिरले जक्रिएकोले यसलाई युवा शक्तिले नै तोडेर मधेसलाई आजाद गराउने बताएको भविष्यवाणी नेता सिंंहले दोहोरयाउनु भयो । नेता सिंहले नेपाल सद्भावना पार्टीको सपथ खाएर महादेवको आशिर्वाद लिएर पंजाको साथ रहने अठोट गर्दै सम्पूर्ण मधेसलाई यसमा समेटेर राख्ने बताउनुभयो । त्यसै गरी नेसपा राष्ट्रिय अध्यक्ष राम कुमार महतोले २०७२ साल असोज ३ गते मधेसमा आफनो अधिकारकोे लागि आन्दोलित मधेसीहरुलाई नश्लबादी तथा खसबादी चिन्तकहरुले केहि वर्गको मात्र अधिकार सुनिश्चित हुने गरी मधेसको आन्दोलन दबाउनको लागि टाउकोमा गोलि हाने । आजैको दिन मधेसमा युवाहरुको लास जलिरहेको बेलामा काठमाडौमा खसबादी शासकहरुले दीपावली मनाएको र जबरजस्ती कालो संविधान लादिएको बताउनुभयो । जबसम्म मधेसी,आदिबासी,जनजाति, मुस्लिम,दलित,महिलाहरुको अधिकार प्र्राप्ति हुदैन,तबसम्म नेसपाले आश्विन ३ गते काला दिनको रुपमा मनाउने बताउनुभयो । वहाँले केहि वर्गको संंविधान नबनाएर समग्र्र नेपालको संंविधान संंशोधन गरेर बनाउन सरकारलाई आग्र्रह गर्नुभयो । जबसम्म मधेसको अधिकार मिल्दैन तबसम्म विभिन्न बिरोधका कार्यक्रमहरु गर्ने बताउनुभयो । विरोध कार्यक्रमको अध्यक्षता गर्दै धनुषा जिल्ला अध्यक्ष मुरारी लाल कर्णले नेपालमा मधेसीलाई दोेस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गरिएको बताउनुभयो । वहाँले यस दिनलाई काला दिनको रुपमा मनाउन बाध्य रहेको बताउनुभयो । यस कार्यक्रममा के. सदस्यहरु दशरथ यादव,नागेन्द्र्र सिंह,श्रीवति भेरिहर,फुुलप्रास देवी,राजेश चौधरी,पवन कुमार साह,विरेन्द्र्र्र कुमार महतो,प्रदेश २ युवा मञ्चको अध्यक्ष राज कुमार चौधरी,धनुषा जिल्ला उपाध्यक्ष बुधन साह, महोत्तरी जिल्ला अध्यक्ष देवेन्द्र कापर,उपाध्यक्ष परमिला देवी चौधरी,सचिव दिनेश साह,सहसचिव अनिल चौधरी,कोषाध्यक्ष मोहन प्रसाद साह लगायत प्रदेश तथा विभिन्न जिल्लाहरुका ५ सय भन्दा बढी कार्यकर्ताहरुको उपस्थिति तथा सहभागिता रहेकोे अध्यक्ष कर्णले बताउनुभयो ।