मधेशी आयोगका अध्यक्ष दत्तले मधेसमा कालो दिवस मनाइरहदा दिए संविधान दिवसको शुभकामना – Jaleshwortoday

मधेशी आयोगका अध्यक्ष दत्तले मधेसमा कालो दिवस मनाइरहदा दिए संविधान दिवसको शुभकामना

 ४ आश्विन २०७८, सोमबार ००:१५  
Madheshi

जलेश्वरटुडे समाचारदाता
धनुषा, ३ असोज
संविधान दिवसको अवसरमा मधेशी आयोगले शुभकामना संदेश जारी गरेको छ ।
संविधानमा रहेको त्रुटि असन्तुष्टिको कारण मधेशमा बहुसंख्यक मधेशीहरु कालो दिवस मनाइरहँदा मधेशी आयोगले भने संविधान दिवसको अवसरमा शुभकामना दिएको हो । मधेशी आयोगका अध्यक्ष डा. विजय दत्तले आइतबार शुभकामना संदेश जारी गर्दै देश विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । संविधान दिवस २०७८ को यस अवसरमा ‘ म सुख, शान्ति तथा समृद्धिको कामना गर्दछु’ अध्यक्ष दत्तले जारी गरेको शुभकामना संदेशमा उल्लेख छ ।