अभिनेता सन्नी देओलको गद्दर २ बन्ने – Jaleshwortoday

अभिनेता सन्नी देओलको गद्दर २ बन्ने

 ९ आश्विन २०७८, शनिबार २०:०७  
Sunny Deol

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ९ असोज

सन्नी देओलको करियरकै सबैभन्दा हिट फिल्म ‘गदरः एक प्रेम कथा’ सन् २००१ मा रिलिज भएको थियो । यो फिल्मलाई अनिल शर्माले निर्देशन गरेका थिए । अनिल र देओल परिवारबीच पारिवारीक सम्बन्ध छ । अनिलले सन्नीका बाबु धमेन्द्रलाई मुख्य भूमिकामा राखेर हुकुमत, ऐलान–ए–जंग, फरिस्तेलगायत फिल्म बनाइसकेका छन् । र, अहिले फेरि सन्नी देओललाई नै लिएर गदर फिल्मको सिक्वेल बनाउने योजनामा जुटेका छन् । २० वर्षअघि रिलिज हुनासाथ गदरले बक्स अफिसमा धमाका पिटेको थियो । पछिल्ला २० वर्षमा कुनै पनि फिल्मको टिकट त्यति धेरै बिकेन, जति गदरको बिकेको थियो । पिके र बाहुबलीजस्ता हिट फिल्मको टिकट बिक्री पनि गदरभन्दा कम छ ।