बर्दिबास-जलेश्वर सडक खण्डमा चक्काजाम – Jaleshwortoday

बर्दिबास-जलेश्वर सडक खण्डमा चक्काजाम

 १० आश्विन २०७८, आईतवार १९:२९  
Aurahi Sadak

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १० असोज
समयमै निर्माण नसकेको भन्दै महोत्तरीको औरही बजारमा स्थानीयले बर्दिबास-जलेश्वर सडकखण्ड अवरुद्ध गरेका छन् ।
बिगत तीन वर्षदेखि निर्माणाधिन सो सडकमा गाडी आजाउ गर्दा धुलो उडेर सास्ती व्यहोर्नु परेको भन्दै शनिबार स्थानीयबासिन्दाले क्का जाम गरेका हुन्
ठेकेदार कम्पनीले चाँडै निर्माण सम्पन्न गर्नु पर्ने, निर्माण अवधि भर धुलो नउड्न दिनहुँ पानी पटाउनु पर्ने स्थानीयबासिन्दाको माग छ ।
चक्काजामो कारण बर्दिवास जलेश्वर सडकखण्डमा एक्का बिहानैदेखि यातायात प्रभावित भएको छ ।
सडकबाट उडेको धुलोले बालबालिका बिरमी पर्न थालेको र खान बस्न गाह्रो भएको स्थानीय रामबिनेश यादवले गुनासो गरे ।
सम्बन्धित निकायले कुनै चाँसो नलिँदा बाध्य भएर आन्दोलनमा उत्रिनु परेको स्थानीयले बताएका छन् ।
सडक सुधार तथा विस्तार आयोजना (आरआईडिपी)ले सन् २०१८ सालको डिसेम्वर अन्तिममा शिवालय दिवा जेभी नामक कम्पनीलाई उक्त सडक निर्माणको लागि ठेक्का दिइएको थियो ।
तर, कम्पनीले सडक निर्माण अवधि ३६ महिना मध्ये ३३ महिना कटाई सक्दा समेत हालसम्म करिब २२ प्रतिशत काम मात्र गर्न सकेको छ ।