प्रदेश २ मा जितिया पर्वको अवसरमा सार्वजनिक बिदा – Jaleshwortoday

प्रदेश २ मा जितिया पर्वको अवसरमा सार्वजनिक बिदा

 ११ आश्विन २०७८, सोमबार २०:५५  
Jitiya Parba

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ११ असोज
मधेशका महिलाहरुको निष्ठाको कठोर पर्व जितियाको अवसरमा पर्सी (बुधबार) महिलाहरुको लागि सार्वजनिक विदा घोषणा गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना संदेश जारी गर्दै असोज १३ गते बुधबार प्रदेश भरि महिलाका लागि सार्वजनिक विदा भएको जानकारी गराएका हुन् ।
सन्तान प्रतिको स्नेह झल्काउने आमाको जितिया पर्वले प्रदेश भरि नै आस्था र प्रेम कायम रहोस् भन्ने शुभकामना पनि मुख्यमन्त्री राउतले दिएका छन् ।
उनले सबै प्रदेशबासीमा जितिया पर्वको शुभकामना व्यक्त गरेका हुन् ।