रञ्जन भण्डारी
महोत्तरी, १२ असोज
जलेश्वर कारागारमा कैदी बन्दीलाई भेट्न आउने उनकै परिवारका सदस्य महिला र किशोरीहरुलाई कारागारकै कर्मचारीले जिस्काउन थालेपछि कैदिबन्दी आन्दोलित हुनु परेको छ ।
आफुहरुलाई भेट्न आउने परिवारका सदस्यहरुलाई जलेश्वर कारागारमा करारमा कार्यरत सवारी चालक धनुषाको मुखियापटटी मुसहरनिया गाउपालिका ८ निवासी प्रेमकान्त ठाकुरले जिस्काउने गरेको भन्दै उनीहरुले हुटिंग गरेका थिए । मंगलवार जलेश्वर कारागारमा रहेका कैदिबन्दीले कारागारको भित्री ढोका भित्रबाटै लगाई चर्को हुटिंग र चर्को नाराबाजी गर्दै सवारी चालक ठाकुरलाई कार्यवाही गर्न कारागार प्रसासनसंग मांग गरेका थिए ।
यता जलेश्वर कारागारका चौकीदार चन्द्रदिप यादवले समेत ति चालकले महिला जिस्काउने निक्कै गुनासो आएको बताए । उनले चालकलाई कार्यवाहीको मांग गर्दै भित्रै कैदिबन्दीले कारागार प्रसासनलाई निवेदन लेखिरहेको बताए । उनले पिडित सवै कैदीको हस्ताक्षर सहित उक्त निवेदन कारागार प्रसासनलाई पेश गर्ने बताए ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भटटराईले घटना वारे जानकारी आईसकेको र अनुसन्धान गरि दोषी देखिए तत्काल कानुन बमोजिम कार्यवाही गर्न समेत कारागार प्रसासनलाई निर्देशन दिईसकिएको बताए । उनले कैदी बन्दीलाई भेट्न आउनेलाई जिस्काउने लगायतका कुनै पनि हर्कत क्षमा योग्य नहुने भन्दै दोषी देखिनेलाई कार्यवाही भएर छाड्ने बताए ।
यता जलेश्वर कारागारका निमित कार्यालय प्रमुख तथा सुचना अधिकारी समेत रहेका संजिव कुमार साहले सामान्य कुरा रहेको भन्दै घटना टार्न खोजेपनि संचारकर्मीहरुले हामीले घटना वारे थाहा पाईसकेको बताएपछि उनले घटना भएको भन्दै स्विकारेका थिए । उनले कानुन बमोजिम नै सवारी चालकलाई कार्यवाहीको लागि प्रकृया अगाडी बढेको थपे ।