कर्मचारीलाई कोरोना लागेपछि एन्फा कार्यालय बन्द – Jaleshwortoday

कर्मचारीलाई कोरोना लागेपछि एन्फा कार्यालय बन्द

 २३ आश्विन २०७७, शुक्रबार १४:४५  
Game

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २२ आश्विन

अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित कार्यालय तीन दिनका लागि बन्द भएको छ । कार्यालय बिहीबारदेखि बन्द गरिएको एन्फाले जनाएको छ ।
एक कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएपछि कार्यालय बन्द गरिएको एन्फाले जनाएको छ । एन्फाले ७२ घन्टा कार्यालयलाई निर्मलीकरण गरिने पनि जनाएको छ । कोरोना संक्रमण भएका कार्मचारीलाई घरमै आइसोलेसनमा बस्न भनिएको एन्फाले जनाएको छ । साउन लकडाउन खुले लगत्तै कोरोना संक्रमण बढेपछि एन्फाले यसअघि पनि कार्यालय बन्द गरेको थियो। कार्यालय बन्द गर्दै एन्फाले कर्मचारीलाई घरबाटै काम गराएको थियो । गत चैत पनि एन्फाले कोरोनाका कारण कार्यालय बन्द गरेको थियो।