
सडक दुर्घटनाबारे सचेत हुन आवश्यक छ । दिनहँु विभिन्न ठाउँमा विभिन्न कारणले अहिले सडक दुर्घटना बढेको छ । सडक दुर्घटनाले मानवीय क्षतिदेखि अंगभंग समेत भएको कैयौ उदाहरणहरु हाम्रो सामु आएको सबैलाई थाहा भएकै कुरा हो । सडकमा सबारी साधन गुडाउने चालकदेखि बाटो हिड्ने यात्रुहरु समेतले ट्राफिक नियमको पालन गरेर सडकमा हिडन आवश्यक छ । ट्राफिक नियमको अबहेल्ना गरे पछि तथा अति महत्वाकाँक्षी भएपछि यस्ता घट्नाहरु तथा दुुर्घटनाहरु भएका विज्ञहरुका सुझाब रहेका छन् । कतिपय अवस्थामा पैदल यात्रीहरु नै दायाँ तथा वायाँ नै नहेरीकन बाटो काट्दा खेरी दुर्घटना भएको छ । कतिपय अवस्थामा सवारी चालकहरु नै कुनै पनि संकेत नदिइकन वा दायाँ तथा बायाँ नै हेरिकन बाटो काटेको पाइएको अवस्थामा समेत दुर्घटना भएको छ । त्यसकारण यस्ता गल्तीहरुले मानवीय क्षतिदेखि भौतिक क्षति निम्त्याउने भएकोले यसलाई समयमै सुुुधार गरेर बाटोमा हिडनुपर्ने सरोकारबालाहरुको जिम्मेबारी रहेको देखिन्छ । युवाहरुले समेत बाटोमा मोटरसाइकल वा साइकल गुडाउदा होसमा रहेर गुडाउन आवश्यक छ । अहिले टिपरमा माथि बढी टिकाटिप्पणी भइरहेको अवस्थामा टिपर चालक तथा मालिकले संवेदनशील तथा अझै सचेत तथा जिम्मेबार हुन आवश्यक रहेको देखिन्छ । यसको लागि अझै सशक्त रुपमा ट्राफिक प्रहरीले निगरानी गर्न आवश्यक छ ।