जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १५ असोज
नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले शेरबहादुर देउवा नेतृत्वको सरकार असफल भएको दाबी गरेका छन् ।
बिहिबार महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर २ स्थित बर्दाहामा प्रवेशद्वारको उद््घाटन गर्दै नेता भण्डारीले अदालतबाट शेरबहादुर देउवाको सरकार बनेकाले तत्काल सर्वदलीय सरकारको आश्वयकता रहेको बताउदैँ निर्वाचनको घोषणा गर्न माग गरेका हुन् । उनले वर्तमान सरकारसंग जनताको म्याण्डेट नरहेकोले तत्काल जनता वीचमा गएर नयाँ अभिमत सहित सरकार चलाउन कांग्रेसलाई आग्रह गरे ।पूर्वमन्त्री समेत रहेका नेता भण्डारीले नेपाली कांग्रेस कुन नैतिकताको आधारमा सरकार चलाउदैँछ भन्दै प्रतिप्रश्न समेत गरे । उनले भने– जनतामा जाउँ, नयाँ म्यान्डेट लिउँ, र जितेर कांग्रेस आउछ भने कांग्रेसले नै सरकार र देश चलाउदाँ आफुहरु समेत यो सरकारलाई समर्थन गर्त तयार छौँ ।उनले भने– तत्कालिन समयमा प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने सवालमा जसपा एकठाम उभिएको भएपनि आज मधेशी जनताको सरकार हुनेथ्यो । तर मधेशी नेता प्रधानमन्त्री बन्न चुक्यो । यो समिक्षा इतिहासले अवश्य गर्ने नै छ । उनले जसपा विभाजनपूर्व जनता समाजवादी पार्टीले ऐतिहासिक र इतिहास निर्माण गर्ने अवसर गुमाएको भन्दै जसपाका अध्यक्ष उपेन्द्र यादवको आलोचना गरे ।उनले कांग्रेसले अदालतको भरमा मुलुकमा शासन गरिरहेकाले हाम्रो आपत्ति रहेको समेत बताए ।उनले लोकतान्त्रिक विधि पद्धति र प्रक्रिया अनुसार मुलुकमा शासन गर्न आग्रह गरे ।्उनले निलम्बित प्रतिनिधिसभा सदस्य रेशम चौधरीको रिहाईको लागि लाल आयोगको प्रतिवेदन अपरिहार्य रहेको बताउदैँ तत्काल सो प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न माग गरे ।उनले प्रधानमन्त्री शेरबहादुर देउवाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता जनाएपनि कार्यान्वयन नभएको भन्दै चिन्ता र चासो व्यक्त गरेका छन् । उनले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउदैँ तत्कालन लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी झुठा मुद्दामा फसाइएका सांसद चौधरीलाई तत्काल रिहाई गर्न माग गरे ।उनले प्रधानमन्त्री ओली रहेकाले उनले संंविधान संशोधन र नागरिकताको सवालमा सहमत भई पहलकदमी लिएकाले आफुहरुले बाध्यतावश उनैलाई समर्थन गरेको स्पष्ट पारे ।सो प्रवेशद्वार निर्माणमा मटिहानी नगरपालिकाको ५० लाख रुपैयाँको लागत छ ।