डा.गोविन्द केसी बराबर आफ्नो अडानमा तटस्थ रहेको देखिएको छ । अहिले अधिकारको लागि डा.केसीकोे शान्तिपूर्ण अनसन सबैको चिन्ताको विषय बन्न गएको छ । अहिले डा.केसीको ज्यान ज्यादै नै कमजोर भइसकेको छ । यस मृत्यु शय्यामा भए पनि सरकारले उनको माँग सम्बोधनबारे कुनै टिप्पणी गरेको छैन ।
अहिले विभिन्न राजनैतिक दलहरु केसीको ज्यान रक्षाको लागि आफ्नो अभिव्यक्ति राखिरहेको अवस्था छ । तर केसीको समर्थनमा सरकारले अहिले सम्म केहि भनेको छैन । नेपालमा अहिले सही कुरा राख्नेको कुनै ठाउँ छैन जस्तो लाग्छ । तर केसी अहिले मात्र हैन अधिकारको लागि कैयौ चोटि अनसनमा बसेको देखिएको छ ।
नेपाल सरकारलाई अनसनमा बसे पछि मात्र कसैको माँगको सम्बोधनबारे चिन्ता हुन्छ । अहिलेको परिवेश भनेको सबै जना एकजुट भएर कोरोना भाइरससँग लडनु पर्यो । कोरोना महामारीको असर सबै क्षेत्रमा परेको देखिन्छ ।त्यसकारण नेपाल सरकारले जे गरेपनि अहिले सम्म कोरोना भाइरसको डर नगएको कारण यसदेखि पनि सचेत रहनु आवश्यक छ । साथै डा. केसीले उठाएका माँगहरु सार्थक रहेको कारण यस सम्बन्धमा सरकार तथा सम्बन्धीत निकायले तुरुन्त समाधान दिनु आवश्यक छ । यसको लागि वार्ताको माध्यम होस अन्य सहज । यसको लागि नेपाल सरकारले अविलम्ब केसीको ज्यान बचाउन उनीसँग वार्तामा आउनु जरुरी छ । जतिसुकै कठीन समस्या भए पनि वार्ता तथा छलफलबाट समाधान हुने हुँदा यसको बाताबरण बनाउनु जरुरी छ । अहिले स्वास्थ्य संस्थाहरु बन्द गर्ने चेतावनी समेत आएको छ ।