घट्स्थापनाको दिन महोत्तरीको बलबा मा निकालियो विशाल कलश शोभायात्रा – Jaleshwortoday

घट्स्थापनाको दिन महोत्तरीको बलबा मा निकालियो विशाल कलश शोभायात्रा

 २२ आश्विन २०७८, शुक्रबार ०२:०३  
Balawa

दिपक कुमार पाण्डेय
महोत्तरी, २१ असोज
घटस्थापनाको दिन महोत्तरीको बलबा नगरपालिका वडा नं. ६ स्थितको शतिmपिठबाट विशाल कलश शोभा यात्रा निकालिएको हो ।
परापूर्वकाल देखि चलिआएको परम्परालाई निरन्तरता दिईदै यस बर्ष पनि शतिmपिठबाट बिशाल कलश शोभा यात्रा निकालिएको हो । बिहान निकालिएको कलश शोभा यात्रामा स्थानीय जनप्रतिनिधि,राजनितिक अगुवा,सुरक्षा निकाय,नागरिक समाज लगायतको उपस्थिती रहेको बलबा नगरपालिका ६ का वडा अध्यक्ष बिक्रु झाले बताउनुभयो । घटस्थापना भएसँगै नबरात्राको दश दिन भगबतीको शतिmपिठहरुमा धुमधामसँगै पुजा अर्चना गरि मनाईदै आएको हो ।