चुनावी प्रचारप्रसार बन्द होस् – Jaleshwortoday

चुनावी प्रचारप्रसार बन्द होस्

 १० कार्तिक २०७८, बुधबार २३:४६  
Education

नेपालमा स्थानिय चुनाव नजिकिदै गएको परिवेशमा विभिन्न पार्टीहरुद्वारा विभिन्न मुद्दाहरु उठाएर चुनावी प्रचारप्रसार गर्न थालिएका छन् । कति पार्टीले त महाधिवेशन त कतिले शुभकामना आदानप्रदानको नाउँमा चुनावी प्रचारप्रसार गर्न थालिएको तथ्य लुकाउन सकिदैन । सामाजिक सञ्जाल लगायतका डिजिटल माध्यमहरुबाट समेत उम्मेदबारको फोटो सहितका प्रचारात्मक सूचनाहरु शेयर तथा अपलोड गरिएको पाइएको छ । कति नेपाली पार्टीहरुले त दैनिक रुपमा विरोधका कार्यक्रमहरु गरेर जनताको भावनालाई आफूतिर तान्ने काम अहिलेदेखि नै योजनाबद्ध रुपमा गर्न थालिएका छन्् । कतिपय पार्टीगत कार्यक्रमहरु सान्दर्भिक छन् भने कतिपय कार्यक्रमहरुले जनतालाई तर्साउने तथा डराउने काम भएको बुुझिन्छ । चुनाव त स्वच्छ तथा योग्य उम्मेदबार छान्ने प्रक्रिया हो । चुुनावी प्रचारप्रसार चुनावको बेला सान्दर्भिक तथा आकर्षक हुन्छ । तर कुबेला अप्रत्यक्ष रुपमा गरिएको भावनात्मक प्रचारले जनतालाई गलत तरिकाले अब तान्न सकिदैन । यसले पार्टीका कार्यकर्ताहरुका श्रमको मात्र क्षति हुने बाहेक अन्य लाभ देखिदैन । पार्टीहरुले कुबेला प्र्रचार प्र्रसारको काममा नलागेर संगठन विस्तार तथा आफ्ना कमि कमजोरीहरुको पहिचान गरी समयमै समाधान गर्ने बेला हो यो । यस सन्दर्भमा विभिन्न सरोकारबाला निकायहरु तथा विशेष रुपमा निर्वाचन आयोगले ध्यान दिन जरुरी छ ।