लक्ष्मीपुजाको तयारीमा लागौं – Jaleshwortoday

लक्ष्मीपुजाको तयारीमा लागौं

 १३ कार्तिक २०७८, शनिबार २३:३६  
Education

हिन्दु धर्मको परम्परा अनुसार लक्ष्मीपुजाको महत्व विशेष रुपमा रहेको छ । यस वर्ष लक्ष्मीपुजा कार्तिक १८ गते बिहिबार पर्न गएको छ । यस दिनको एक दिन अगाडी कुकुर तिहार तथा धनतेरस पर्न गएको हो । लक्ष्मीपुजा पूर्व विभिन्न क्षेत्रका व्यक्तिहरुले आ—आफ््नै किसिमले तयारी गर्ने गर्दछन् । विशेष रुपमा व्यवसायीहरु यतिबेला सामानहरु बिक्रि गर्नमा व्यस्त देखिन्छन् । उपभोक्ताहरु समेत यतिबेला लक्ष्मीपुजाको तयारीको सिलसिलामा विभिन्न सामानहरु खरिद गर्न व्यस्त देखिन्छन्् । लक्ष्मीमाताको आँगमन गर्न गराउनको लागि घरदेखि टोल र गाउँदेखि शहरसम्म सफा तथा सुन्दर हुन तथा गर्न आवश्यक छ । यसको लागि व्यक्तिगत रुपमा प्रत्येक हिन्दु धर्माबलम्बिहरुले आफ्ना घर सफा सुग्घर राख्नुको साथै सिंगार्ने गर्दछन् । त्यसैगरी स्थानिय निकायहरुले समेत गत वर्ष झै यस वर्ष पनि गाउँ तथा नगर सरसफाईमा ध्यान दिन आवश्यक छ । अहिले पनि कति ठाउँहरुमा बाटाहरु बिग्रेका छन् भने फोहोरका थुप्रोहरु थुुप्रिएका देखिन्छन् । यसको व्यवस्थापनमा स्थानिय जनप्रतिनिधिहरुले ध्यान दिन अति जरुरी देखिन्छ । यतिबेला विभिन्न व्यवसायीहरुले समेत उचित मुल्यमा बस्तुहरुको बिक्रि गर्नुपर्छ । किनभने उपभोक्ताको क्रय क्षमता मा कमी आएको देखिन्छ । सबै नेपाली मिलेर लक्ष्मीमाताको स्वागतमा जुटौं ।