जन्मदर्ताको सिफारिसको लागि घुस लिने महोत्तरीको वडाध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा दायर – Jaleshwortoday

जन्मदर्ताको सिफारिसको लागि घुस लिने महोत्तरीको वडाध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा दायर

 १५ कार्तिक २०७८, सोमबार ००:३७  
BOD

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १४ कार्तिक
जन्मदर्ताको सिफारिस गर्न घुष माग्ने महोत्तरीका एकजना जनप्रतिनिधि र कर्मचारी विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दताए भएको छ । जिल्लाको मटिहानी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रामबहादुर महतो र सहायक कम्प्युटर अपरेटर अरुैबुल राईन विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए । दुबैजनालाई १० हजार माग दावि गर्दै मुद्दा दिइएको हो । वडाध्यक्ष र कम्प्युटर अपरेटरलाई अख्यितारको बर्दिबासको टोलीले असोज २४ गते घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानको क्रममा वडाध्यक्ष महतोले जन्मदर्ता बनाउन सेवाग्राहीसँग १० हजार घुस मागेका थिए । जन्मदर्ताको लागि घुस लिएको पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसूर अपराध गरेको देखिएकाले १० हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिइएको छ । त्यस्तै करारमा सहायक कम्प्युटर अपरेटरमा कार्यरत्त रहेका राईनको संलग्नता देखिएकोले बिगो १० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा १ को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्यिारले जनाएको छ ।