दीपावलीमा साबधानी अपनाऔै – Jaleshwortoday

दीपावलीमा साबधानी अपनाऔै

 १७ कार्तिक २०७८, बुधबार ००:४४  
Education

दीपावलीलाई फेस्टिवल अफ लाईट अंग्रेजीमा भनिन्छ भने उज्जयालोको पर्व भनेर नेपालीमा बुझ््ने गरिन्छ । यतिबेला प्रत्येक हिन्दु धर्माबलम्बिहरुका घर विभिन्न रंगीचंगी बत्तिले प्रकाशित तथा सजाइएका हुन्छन्् । तर अति विद्युत खपतलाई रोक्नुपर्छ । यसले पैसा तथा स्वास्थ्य माथि क्षति पुर्याउदछ । अति विद्युत खपतले दुर्घटना समेत निम्त्याउने गर्दछ । दीपावलीमा अति खर्च गर्नु पनि अहिले परम्मरा भईसकेको छ । तर अनावश्यक खर्चलाई नियन्त्रण गर्न सक्नुपर्दछ । दीपावलीमा हाम्र्रो यता पटाकाहरु पनि फोड्ने चलन छ । यसको प्रयोग बच्चादेखि व्यस्क तथा बुढा समेतले गर्ने गर्दछन् । पटाका अत्यन्तै ज्वलनशील पदार्थ भएकोले यसको प्रयोगले दुर्घटना हुने धेरै सम्भावना हुन्छ । तसर्थ पटाका साना—साना नानीहरुलाई खेल्न दिनु हुदैन । यसको प्रयोग गर्दा सावधानी अपनाएर फोडनु पर्छ । दीपावलीमा आगो लाग्ने सम्भावना ज्यादै नै रहेकोले यसको पूर्व तयारी गर्न आवश्यक हुन्छ । दीपावलीमा माता लक्ष्मीको पुजन गर्दा समेत सावधानी पूूर्वक आफुले जानेबुझेको तरिका अपनाएर पुजाआजा गर्नुपर्दछ । अहिले आफूले थाहा नपाएका कुरा युट्युवबाट समेत धेरै कुराको जानकारी लिन सकिन्छ । लक्ष्मी माताको आशिर्वाद सबैलाई प्राप्त होस्् ।