दीपावलीलाई फेस्टिवल अफ लाईट अंग्रेजीमा भनिन्छ भने उज्जयालोको पर्व भनेर नेपालीमा बुझ््ने गरिन्छ । चौध वर्षको बनवास पछि भगवान राम,माता सीता र भाई लक्ष्मण अयोध्या फर्केर आएको खुशियालीमा दीपावली अयोध्या सहित विभिन्न ठाउँमा मनाउन थालिएको हो । आज प्रत्येक हिन्दु धर्माबलम्बिहरुका घर विभिन्न रंगीचंगी बत्तिले प्रकाशित तथा सजाइएका हुन्छन्् । वातावरण सफा तथा मनमोहक देखिन्छन् । प्रत्येकले माता लक्ष्मीलाई आफ्नो घरमा स्वागत गर्न विभिन्न किसिमका रंगोली बनाउने तथा पुुजाआजा गर्ने छन् । घरको अगाडी केलाको बोटलाई गाडी झिलिमिली बत्तीले समेत सजाइने छ । वास्तवमा लक्ष्मी मातालाई ऐश्वर्य,बैभव तथा धनकी देवी मानिन्छन् । स्वास्थ्य र धन नभई नहुने बस्तुु हरु हुन् । माता लक्ष्मी सफा र उज्जयालो घर मन पराउछिन् । तसर्थ आ—आफनो घर सफा तथा उज्जयालो राखौं । माता लक्ष्मीलाई प्रशन्न गर्न शुुद्धताको साथ उपलब्ध सामाग्रीले पुजन गर्नुपर्दछ । मातालाई कमलको पुष्प असाध्यै राम्रो लाग्ने गर्दछ । फलको रुपमा नरिवल वहाँ मन पराउने गर्छिन । माताले मिहिनेती तथा परिश्रमीलाई माया गर्ने भएकोले पुजाको साथै कर्ममा विश्वास गर्न जरुरी छ । लक्ष्मी पुजाको हार्दिक मंगलमय शुभकामना ।