कार्तिक २७ गते नेपाल सद्भावना पार्टीको विस्तृत छलफल तथा पार्टी प्रवेश कार्यक्रम जनकपुरधाममा हुने – Jaleshwortoday

कार्तिक २७ गते नेपाल सद्भावना पार्टीको विस्तृत छलफल तथा पार्टी प्रवेश कार्यक्रम जनकपुरधाममा हुने

 November 5, 2021  
Meeting

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १९ कार्तिक
नेपाल सद््भावना पार्टी (नेसपा)को विस्तृत छलफल तथा पार्टी प्रवेश कार्यक्रम २०७८ साल कार्तिक २७ गते शनिवार जनकपुरधामको पगलाबाबा धर्मशालामा करिब १० बजे विहानदेखि हुने भएको छ ।
नेसपाको राष्ट्रिय अध्यक्ष राम कुमार महतोले प्रदेश नं.२ भित्रका ८ वटै जिल्लाहरुका कार्यकर्ताहरुलाई छलफलमा बोलाइने बताउनुभयो । अध्यक्ष महतोले नव आगन्तुकहरुलाई पार्टी प्रवेश तथा प्रमाणपत्र दिने कार्यक्रम समेत रहेको बताउनुभयो । सो बृहत बैठकबाट पार्टीको भावि रणनीति तथा योजना तर्जुमा गर्ने समेत जानकारी गराउनुभयो । वहाँले यस कार्यक्रमपछि नेसपाले नेपालको राजनीतिमा छुट्टै पहिचान बनाउने समेत जानकारी गराउनुभयो । सो कार्यक्रममा नेसपाका पुरानो तथा नयाँ सम्पूर्ण कार्यकर्ताहरुलाई उपस्थित भईदिन आग्रह समेत गर्नुभयो । हिन्दुहरुको आस्थाको पर्व तिहार,भाई टीका तथा छठ् पर्वको शुभकामना सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु समेत टकराउनुभयो । कार्यालय उद्घाटन ः
नेसपाको महोत्तरी जिल्ला समितिको कार्यालय(जलेश्वरको खैरा चौकदेखि पूर्व)को उद्घाटन कार्तिक २१ गते आइतबार विहान १२ बजे जि.ई.उप—प्रा.पवन कुमार साहको अगुवाईमा हुने समेत जानकारी गराउनुभयो । नेसपाका पुरानो तथा नयाँ कार्यकर्ताहरुलाई सो कार्यक्रममा उपस्थित भईदिन जि.ई.साहले आग्रह समेत गर्नुभयो ।