
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १९ कार्तिक
नेपाल सद््भावना पार्टी (नेसपा)को विस्तृत छलफल तथा पार्टी प्रवेश कार्यक्रम २०७८ साल कार्तिक २७ गते शनिवार जनकपुरधामको पगलाबाबा धर्मशालामा करिब १० बजे विहानदेखि हुने भएको छ ।
नेसपाको राष्ट्रिय अध्यक्ष राम कुमार महतोले प्रदेश नं.२ भित्रका ८ वटै जिल्लाहरुका कार्यकर्ताहरुलाई छलफलमा बोलाइने बताउनुभयो । अध्यक्ष महतोले नव आगन्तुकहरुलाई पार्टी प्रवेश तथा प्रमाणपत्र दिने कार्यक्रम समेत रहेको बताउनुभयो । सो बृहत बैठकबाट पार्टीको भावि रणनीति तथा योजना तर्जुमा गर्ने समेत जानकारी गराउनुभयो । वहाँले यस कार्यक्रमपछि नेसपाले नेपालको राजनीतिमा छुट्टै पहिचान बनाउने समेत जानकारी गराउनुभयो । सो कार्यक्रममा नेसपाका पुरानो तथा नयाँ सम्पूर्ण कार्यकर्ताहरुलाई उपस्थित भईदिन आग्रह समेत गर्नुभयो । हिन्दुहरुको आस्थाको पर्व तिहार,भाई टीका तथा छठ् पर्वको शुभकामना सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु समेत टकराउनुभयो । कार्यालय उद्घाटन ः
नेसपाको महोत्तरी जिल्ला समितिको कार्यालय(जलेश्वरको खैरा चौकदेखि पूर्व)को उद्घाटन कार्तिक २१ गते आइतबार विहान १२ बजे जि.ई.उप—प्रा.पवन कुमार साहको अगुवाईमा हुने समेत जानकारी गराउनुभयो । नेसपाका पुरानो तथा नयाँ कार्यकर्ताहरुलाई सो कार्यक्रममा उपस्थित भईदिन जि.ई.साहले आग्रह समेत गर्नुभयो ।