
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २० कार्तिक
महोत्तरीको हुलाकि मार्गमा पर्ने सम्सी–गौशाला र माईस्थान सडक खण्डको निर्माण कार्य तीन वर्ष देखि अलपत्र छ ।
राजमार्ग देखि गौशाला चौक हुँदै सम्सी नाका सम्म सडक बनाउने ठेका लागेको भए पनि आज सम्म करिव १ किलो मिटर सडक पुरा बन्न सकेको छैन र जहाँ सम्म सडक कालो पत्र भएको थियो त्यो बीचमा पर्ने औरही नगरपालिकाको वैरिया गाउँ– गौशाला र सम्सीको बीचको सक खण्डमा विगत एक वर्ष दिन देखि दुई फिट गहिरो खाल्डाखुल्डी रहेको छ।जसकारण वस,ट्रक,मोटरसाईकल तथा पैदल यात्रुहरुलाई समेत आउन जान सास्ति वेहोर्नु परेको छ । देशमा तीन तहको सरकार छ ।यस जिल्ला तथा क्षेत्र बाट पटक पटक मन्त्री बने पनि ध्यान नदिएकोमा स्थानीयहरुको गुनासो छ ।