
छठ््लाई फेस्टिवल अफ वरसिपिंग गड सन अंग्रेजीमा भनिन्छ भने भगवान सूर्यको पुजाअर्चनाको पर्व भनेर नेपालीमा बुझ््ने गरिन्छ । प्रत्येक हिन्दु धर्माबलम्बिहरुका घर विभिन्न रंगीचंगी बत्तिले प्रकाशित तथा सजाइएका हुन्छन्् । वातावरण सफा तथा मनमोहक देखिन्छन् । यतिबेला पोखरी,तलाउ,नदी तथा पानीको मुहानको डिललाई सफा गरी २ दिनसम्म यो पर्व मनाइने गरिन्छ । मिथिलाञ्चलमा यस पर्वको महत्व तथा र्राैनकता व्यापक देखिन्छ । अचेल यो पर्व पहाडको काठमाडौं लगायन विभिन्न ठाउँहरुमा मनाउन थालिएका छन् । यस पर्वमा श्रद्धालु महिलाहरुले ब्रत बसी सूर्य भगवानसँग आफ्नो परिवारको सदस्यहरुको दीर्घायुको कामना गर्दछन् । यस पर्वको महिमा पुरानो रहेको छ । यस पर्वको जगेर्ना तथा संरक्षणमा स्थानिय निकाय तथा प्रदेश सरकारले ध्यान दिनु जरुरी छ । स्थानिय पोखरी तथा तलाउहरु सफा गर्न तथा झिलिमिली बनाउनमा स्थानिय सरकारले सहयोग गर्न आवश्यक देखिन्छ । छठ् पर्व हिन्दुहरुको आस्था तथा विश्वासको पर्व हो । यस पर्वले परिवारजन तथा सामाजिक भाईचारा कायम गर्नमा सफल रहेको देखिन्छ । सूर्य भगवानले सम्पूर्ण नेपाली तथा मिथिलाञ्चलबासीको कल्याण गरुन ।