नेपाल सद्भावना पार्टीको महोत्तरी जिल्ला समितिको कार्यालय जलेश्वरमा उद्घाटन गरियो – Jaleshwortoday

नेपाल सद्भावना पार्टीको महोत्तरी जिल्ला समितिको कार्यालय जलेश्वरमा उद्घाटन गरियो

 २२ कार्तिक २०७८, सोमबार ०६:४५  
Nepal Sadabhawana Party

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २१ कार्तिक
नेपाल सद्भावना पार्टीको महोत्तरी जिल्ला समितिको कार्यालय जलेश्वरको खैरा चौक मा एक कार्यक्रम वीच उद्घाट्न गरिएको छ ।
कार्यक्रममा नेसपा बरिष्ठ नेता प्रो.राजेन्द्र प्रसाद सिंह,राष्ट्रिय अध्यक्ष रामकुमार महतो,के.सदस्य नागेन्द्र सिंह,महोत्तरी जिल्ला ईन्चार्ज उप—प्रा.पवन कुमार साहले संयुुक्त रुपमा रिवन काटी जिल्ला पार्टी कार्यालयको औपचारिक रुपमा उद्घाटन गर्नुभयो । कार्यक्रमको शुरुवातमा वीर शहिदहरु प्रति सम्मान स्वरुप एक मिनेटको मौन धारण समेत गरियो । कार्यक्रममा जिल्ला ईन्चार्ज साहले स्वागत मन्तब्य राख्दै स्व.गजेन्द्र नारायण सिंहको योगदान,अहिले चुनौति तथा अवसरकाबारेमा चर्चा गर्नुभयो । राष्ट्रिय अध्यक्ष महतोले नेपाल सद्भावना पार्टी महोत्तरी जिल्लाको नेताहरुलाई एकजुट भएर तथा मनोबल उच्च पारेर अगाडी बढन सल्लाह दिनुभयो । कार्तिक २७ गते पार्टीको राष्ट्रिय भेलामा उपस्थित हुन जानकारी समेत गराउनुभयो । वहाँले महोत्तरी जिल्लाको कार्यालय संचालनमा सहयोग गरेको जिल्ला ईन्चार्ज साहलाई धन्यवाद समेत दिनुभयो । वहाँले छठ् तथा समाचकेवाको सबैमा शुभकामना समेत व्यक्त गर्नुभयो । त्यसैगरी बरिष्ठ नेता प्रो.सिंहले युवा शक्तिले नै अहिले को कुराजनैतिक वातावरणलाई परिवर्तन गर्न सक्ने बताउनुभयो । वहाँले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निडर भएर अगाडी बढन बताउनुभयो । त्यसैगरी प्रदेश नं.२ सचिव शुशिल महतो,प्रदेश २ युवा संजालको अध्यक्ष राज कुमार चौधरी,कार्यकारिणी समितिको सदस्य बुधन साह,धनुषा जिल्ला अध्यक्ष मुरारी लाल कर्ण,महोत्तरी जिल्ला सचिव दिनेस साह,के.सदस्य नागेन्द्र सिंह लगायत दर्जनौंं नेताहरुले शुभकामना मन्तब्य राख्नुको साथै पार्टीको उपरोत्तर प्रगतिको कामना समेत गरे । कार्यक्रमको समापन म.जि.ई.साहले गर्नुभयो ।