छठ्मा सावधानी अपनाऔं – Jaleshwortoday

छठ्मा सावधानी अपनाऔं

 २२ कार्तिक २०७८, सोमबार २१:४३  
Education

छठ््लाई फेस्टिवल अफ वरसिपिंग गड सन अंग्रेजीमा भनिन्छ भने भगवान सूर्यको पुजाअर्चनाको पर्व भनेर नेपालीमा बुझ््ने गरिन्छ । प्रत्येक हिन्दु धर्माबलम्बिहरुका घर विभिन्न रंगीचंगी बत्तिले प्रकाशित तथा सजाइएका हुन्छन् । यतिबेला पोखरी,तलाउ,नदी तथा पानीको मुहानको डिललाई सफा गरी २ दिनसम्म यो पर्व मनाइने गरिन्छ । मिथिलाञ्चलमा यस पर्वको महत्व तथा र्राैनकता व्यापक देखिन्छ । अचेल यो पर्व पहाडको काठमाडौं लगायन विभिन्न ठाउँहरुमा मनाउन थालिएका छन् । यस पर्वमा श्रद्धालु महिलाहरुले ब्रत बसी सूर्य भगवानसँग आफ्नो परिवारको सदस्यहरुको दीर्घायुको कामना गर्दछन् । यस पर्वको महिमा पुरानो रहेको छ । यस पर्वमा थरीथरीका परिकारहरु बनाइने भएकोले बच्चाहरुलाई टाढा राख्नुपर्छ । यस पर्वमा शुद्धतालाई विशेष ध्यान दिइन्छ । यस पर्वमा श्रद्धालुहरुले विभिन्न भाकल अनुसार दुध चढाउने,पानीमा उभिने,दण्डबैस्की आदी गर्ने भएकोले यसमा सबैले सावधानी अपनाउन तथा सहयोग गर्न आवश्यक छ । रात्री जाग्राम बस्नुपर्ने भएकोले पालैपालो मिलाई समानहरुको हेरचाह गर्नुपर्छ । ब्रतालु महिलाहरुबाट आशिर्वाद,टीका तथा प्रसाद प्राप्त गर्ने चलन रहिआएकोले यसमा समन्वय गर्न जरुरी छ । पटाका प्र्रयोगलाई निरुत्साहित गरौं ।