
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २६ कार्तिक
महोत्तरीको मनरा सिस्वा न.पा.मा मोवाईलको टावर न हुँदा स्थानियहरु बर्षौदेखी संचारबिहिन रहेका छन् ।बदलीदो समय अनुसार संसारका बिभिन्न देशका मानिस चन्द्रमामा घर बनाई त्यहाँ बस्ने सोच लिएर अगाडि बढि रहेको बेला महोत्तरीको मनरासिस्वा नगरपालीकाका वडा नं १० मधवा ,मरुवाही र सकरी गाँउका करीब सात हजार बासिन्दा अहिले पनी संचार क्षेत्रबाट टाढा नै रहेका छन् । सिंंङ्गो बिश्व नै कम्युनिकेशन नेटवर्कमा जोडीएको बेला यस गाँउका बासिन्दा संचारको नेटवर्क क्षेत्र भन्दा बाहिर हुनु आफैमा नराम्रो लागिरहेको हुन्छ होला,। २१औं शताब्ब्दीमा जिबनको एउटा अंग नै बनिसकेको संचारको माध्यम मोबाइलको टावर समेत नहुनु आफू धेरै पछि परेको महसुस भइ रहेको हुन्छ होला। एनटीसीर एनसेल लगायत बिभिन्न नेटवर्क कम्पनीको मोबाइल टावर यस गाँउमा नहुदा मोबाइल प्रयोग कर्ता तथा सेवागाह्रीहरु मर्कामा परेका छन्। नेटवर्क र टावर बिहिन गाउँ रहेको महोत्तरीको मनरासिस्वा नगरपालीकाको वार्ड न १० मधवा ,मरुवाही र सकरी गाँउका करीब सात हजार नागरीकहरु इन्टरनेट चलाउन त के मोबाइलबाट कुरा गर्नको लागि पनि टावर टिप्नलाई अग्लो ठाँउ खोज्दै हिड्छन् । गाउँमा कुनै समस्या हुँदा पनि फोन गर्ने हुदा टावर नभएका कारण कहीँ पनि सम्पर्क न हुने समस्या खेप्नु परेको स्थानीयको दुःखेसो छ । नेपालमा विभिन्न कम्पनीहरुले सन् २०१८ को अन्तसम्म ठाउँ – ठाउँमा टावर बनाई नेटवर्कलाई सबै ठाँउमा पुर्याउने लक्ष्य राखेको थियो तर यी गाउँ अझै पनि संचार क्षेत्रबाट टाढा रहेको छ । यस वडाका बासिन्दाहरुले खेतबारीमा गएर, कुनै माथिल्लो स्थानमा हातलाई माथी उचाली मोबाइल बाट कुरा गर्न बाध्य छन,। यहाँका सेवाग्राह्रीहरु लाई इन्टरनेट सेवाका लागि अर्को गाउ वा कुनै शहरमा गएर मोबाइल चलाउन बाध्यता रहेको छ । सम्बन्धित मोबाईल कम्पनीहरु समेत यस्तो गम्भीर सम्स्या प्रती मौन देखिएको छ भने स्थानिय सरकारको पनि यस सम्बन्धमा कुनै चाँसो न रहेको भन्दै , मोबाइल टावर नहुदा हामी यस संसारमा नभइ अर्को ग्रहमा बसेको अनुभव भइरहेको कुरा स्थानिय प्रमोद झाले आफ्नो पीडा ब्यक्त गरेका हुन्। महोत्तरीको सबै ठाउमा टावर जडान भइसकेको छ ,मात्र मनरा सिस्वाको वडा नं १० सकरी , मरुवाही र मधबा गाँउ नेटवर्क क्षेत्र भन्दा बाहिर रहेको कुरा एनसेलमा काम गर्ने एक कर्मचारी ले बताएका छन ।