नेपालमा संस्कार,सोच र ईमानदारीताको राजनीतिको जरुरी छः भुपू उप—प्र.म. मण्डल – Jaleshwortoday

नेपालमा संस्कार,सोच र ईमानदारीताको राजनीतिको जरुरी छः भुपू उप—प्र.म. मण्डल

 November 14, 2021  
2

जलेश्वरटुडे समाचारदाता
धनुषा, २७ कार्तिक
जनकपुरधामको पगलाबाबा धर्मशालाको सभाहलमा आयोजित नेपाल सद्भावना पार्टी(नेसपा)को राष्ट्रिय कार्यसमितिको विस्तारित बैठकमा समावेश तथा पार्टी प्रवेश गर्दै भू.पु. उपप्रधानमन्त्री तथा गृह मन्त्री बद्री प्रसाद मण्डलले नेपालमा संस्कार,सोच तथा ईमानदारीताको राजनीति गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । सो कार्यक्रममा नेसपा मधेसीहरुको नेतृत्व भएको र यसमा अन्य समुदायको समेत सहभागिता रहेको एक मात्र पार्टी हो वहाँले बताउनुभयो । नेपालमा विभिन्न पार्टीहरुले स्व.गजेन्द्र्र नारायण सिंहको पार्टीको सिद्धान्त तथा आदर्शलाई लिएर अगाडी बढे तर यस पार्टीको नामो निशान सखाप पारे । नेसपाको २०४७ को विधान तथा घोषणपत्रमा आदिबासी,जनजाति तथा उत्पीडित वर्गको मुद्दा उठाउने नेसपा नै हो । विगतमा यस पार्टीबाटै विभिन्न सांसद तथा मन्त्रीहरु भए तर यस पार्टीलाई बचाउन सफल प्रो.राजेन्द्र प्रसाद सिंह तथा रा.अध्यक्ष राम कुमार महतो भए जुन सराहनीय कार्य रहेको वहाँले बताउनुभयो । अहिलेको राजनीति पैसा र पदकाो लागि भइरहेको अभियोग समेत लगाउनुभयो । राजनीति त स्व.गजेन्द्र नारायण सिंहले गर्नुभयो जसले आफ्नो सर्वस्व गुमाउनुभयो तर अहिले मधेसी नेताहरुको विभिन्न ठाउँमा घर तथा जग्गाहरु छन् । नेपाल सद्भावना पार्टीले भष्टाचारको राजनीति कहिल्यै पनि नगर्ने बताउनुभयो । अव जनताले सहि र गलतको बारेमा प्रतिक्रिया दिने समय आइसकेको समेत बताउनुभयो । तर नेसपा अन्य पार्टी जस्तो विकाउ पार्टी नहुने समेत बताउनुभयो । त्यसैगरी कार्यक्रममा संस्थापक अध्यक्ष तथा वरिष्ठ नेता राजेन्द्र प्रसाद सिंहले नेपाल सद्भावना पार्टी एक मात्र सत्यको लागि लड्ने मधेसको पार्टी रहेको बताउनुभयो । जीवनमा संघर्ष गर्नुपर्छ अगाडी बढनको लागि । त्यसैगरी राष्ट्रिय अध्यक्ष रामकुमार महतोले नेसपा वर्तमान अवस्थामा मधेसीहरुको एक मात्र विकल्प रहेको पार्टी बताउनु भयो । मधेसीको नागरिकता,संघियता,समतामूलक समाजको परिकल्पना लगायतको विभिन्न मुद्दाहरुको पहिलो पटक आवाज उठाउने नेसपा नै हो । वहाँले भूपु उपप्रधानमन्त्री तथा गृहमन्त्री मण्डललाई पार्टीमा स्वागत गर्दै वहाँबाट पार्टी लाई विशेष उर्जा तथा अभिभावकत्व प्राप्त हुने बताउनुभयो । त्यसकारण यसमा सबैले लाग्नु आवश्यकता रहेको बताउनुभयो । वहाँले ५ बुँदे घोषणा पत्र समेत जारी गरी नेसपा तथा यसका नेता तथा कार्यकर्ताले अगाडी बढनुपर्नै आवश्यकता रहेको बताउनुभयो । त्यर्सैगरी विभिन्न नेताहरुले आफ्ना मन्तव्यहरु राखेका थिए । कार्यक्रमको शुरुवात वीर शहिदहरुप्रति माल्यापर्ण तथा टीका लगाई एक मिनेटको मौन धारण गरेर गरिएको थियो । कार्यक्रममा भूपु मन्त्री मण्डल लगायत एक दर्जन कार्यकर्ताहरुले अन्य पार्टी परित्याग गरी नेसपा प्रवेश गरेको सूचना तथा संंचार प्र्रमुख पवन कुमार साहले बताउनुभयो । त्यसैगरी भूपु मन्त्री मण्डललाई सर्वमाननीय नेताको रुपमा सम्मान समेत गरी कदर पत्र प्रदान गरियो । स्वागत मन्तब्य नेसपा धनुषा जिल्ला अध्यक्ष मुरारी लाल कर्णले राख्नुभयो भने अध्यक्षता तथा समापन रा.अध्यक्ष महतोले गर्नुभयो । कार्यक्रमको उद्घोषण केन्द्रिय सदस्य रामपृत यादवले गर्नुभएको थियो । कार्यक्रममा ३ सय भन्दा वढी नेता तथा कार्यकर्ताहरु सहभागि थिए ।