
जलेश्वरटुडे समाचारदाता
सर्लाही, २४ आश्विन
१३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गर्नेलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले छोरी बलात्कार गरेको अभियोगमा ४० वर्षका बाबुलाई जन्मकैद र ५० हजार जरिवाना गरेको हो । जिल्ला अदालत पूर्वी नवलपरासीले दिएको जानकारी अनुसार सर्लाही बरथहवाका ४० वर्षीय बाबु आफ्ना सन्तानसहित कावासोतीमा रहेको डीबीआई इँटा उद्योगमा कार्यरत थिए । दुई वर्षअघि छोरीलाई पटक–पटक बालत्कार गरेको भन्दै उनी विरुद्ध एक वर्षअघि प्रहरीमा उजुरी परेको थियो । लात्कारपछि छोरी गर्भवती भएको र गर्भपतन गराइएको अदालतमा बाबुले स्वीकारेका छन् । उद्योगमा श्रीमती, छोरा र छोरीसहित मजदुरी गर्दै आएका उनले छोरीलाई पटक बलात्कार गरेको अदालतमा बयान दिएका छन् । हाडनाता करणी गरेका उनको नेपालभर कहीं कतै कुनै सम्पत्ति नभएका कारण सरकारी राज्य कोषबाट (पीडित राहतकोष) बाट ५० हजार क्षतिपूर्ति भराउने अदालतको फैसला छ । पीडितबाट भरण पोषणको व्यवस्था हुने गरी फैसला आउने भए पनि उनको नेपालभरी कहींकतै कुनै सम्पत्ति नदेखिएका कारण राज्यकोषबाट ५० हजार नगद दिलाउने फैसला भएको अदालतले जनाएको छ । जिल्ला अदालत पूर्वी नवलपरासीमा जबरजस्ती करणी र हाडनाता करणी अभियोगमा जन्मकैदको फैसला भएको यो पहिलो अदालती नजिर हो ।