
नेपाल चार जात छत्तिस वर्णको साझा फुल बारी हो भनेर कालान्तरमा श्री ५ पृथ्वी नारायण शाहले भन्नु भएको थियो । नेपाल अहिले धर्मनिर्पेक्ष राज्य भइसकेको परिवेश छ । अर्थात कुनै एउटा धर्मको बाहुल्यता नभएको तथा सबै धर्म समान भएको परिवेशलाई नै धर्मनिर्पेक्ष राष्ट्र भनिन्छ । नेपालको कुनै पनि भुभागमा कुनै पनि धर्म प्रतिको दुराभाव तथा रीतिरिवाज तथा चाडपर्व मनाउनमा रोकटोक हुनु हुदैन । नेपालको सिमानाभित्र प्रत्येक नागरिकले आफ्नो धर्म अनुसार चाडपर्व तथा रितिरीवाज मनाउन स्वतन्त्र छन् । कुनै पनि निहुँमा कसैले कसैको धर्मलाई मिच्न वा रितिरीवाज मनाउनमा बाधा पुर्याउन सक्दैन । यस्तो गरेको पाइएमा कानूनी रुपमा अपराध हो । हाम्रो समाज एक्लै हिड्न सक्दैन । समाजलाई चलायमान राख्नको लागि सबै धर्म तथा जातजातिका व्यक्तिहरुको समान रुपमा महत्व रहेका छन् । धनुषा जिल्लाको देउपरा रुपैठामा भएको घट्ना ज्यादै नै निन्दनीय देखिन्छ । हिन्दुहरुको महान चाड छठ् मनाउनमा मुस्लिमहरुद्वारा अवरोध हुनु बास्तवमा समाजिक व्यवहारलाई टोड्नु समान देखिन्छ । श्रोतको अनुसार यस भन्दा पूर्व हिन्दुहरुले मुस्लिमहरुको पर्व मनाउनमा कुनै पनि किसिमको अवरोध खडा गरेका छैनन् । त्यसकारण सम्बन्धित सरोकारबालाहरुले समाजिक सहिष्णुता बनाइराख्नमा ध्यान दिनु जरुरी छ । यसबारे शिक्षित हुनु जरुरी छ ।