सुरक्षा व्यवस्थामा ध्यान दिऊ – Jaleshwortoday

सुरक्षा व्यवस्थामा ध्यान दिऊ

 १ मंसिर २०७८, बुधबार ००:११  
Education

अहिले विभिन्न शहरहरुमा दिनमै चोरी तथा अपराधिक क्रियाकलाप भईरहेको अवस्थामा सुरक्षा व्यवस्थामा ध्यान दिन अपरिहार्य देखिन्छ । विगत केहि दिन अघि महोत्तरीको जलेश्वरको टाउन प्लानिंग क्षेत्र वरिपरीको घरहरुमा चोरी भएको थियो । यसले गर्दा स्थानिय जनसमुदायमा त्रास तथा डर पैदा भएको देखिन्छ । पिडीत परिवार समेत चिन्तित तथा दुखि देखिन्छ । यस्ता अपराधिक क्रियाकलापमा संलग्न चोरहरुलाई प्रशासनले शिघ्र समात्न सक्नुपर्छ । पिडीत लाई क्षतिपूर्ति गराउनमा स्थानिय निकाय तथा प्रशासनले संवेदनशील भएर लाग्न आवश्यक रहेको देखिन्छ । नगर वा जिल्ला भित्र कुनै अपराधिक घट्ना भएमा यसको जिम्मेबारी नैतिक रुपमा प्रशासनले लिनुपर्ने हुन्छ । यसको लागि सिडिओ तथा नगर प्र्रमुखले समेत सुरक्षा व्यवस्थामा कडाई गराउनमा सहयोग गर्नुको साथै अहम भूूमिका खेल्नु पर्ने हुन्छ । यसले प्रशासनको सुरक्षा व्यवस्थामा कमजोरी भएको देखिन्छ । प्रहरीको गस्ती तथा जाँचपडतालमा विशेष रुपमा यस क्षेत्र लगायत अन्य क्षेत्रहरुमा समेत ध्यान दिन आवश्यक देखिन्छ । प्रहरी प्रशासनको चुप्पीले अपराधीहरु प्रोत्साहित हुने भएकोले यस्ता व्यक्तिहरुलाई समयमै पक्री नगर तथा जिल्लालाई सुरक्षित तथा शान्त बनाउनमा सहयोग गर्न आवश्यक देखिन्छ ।