जलेश्वरटुडे समाचारदाता
धनुषा, ३० कार्तिक
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश रायलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्री राउतले संविधानको धारा १६९ को उपधारा ३ को खण्ड ख बमोजिम उनलाई पदमुक्त गरेका छन् । पदमुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । प्रदेश प्रमुखको कार्यालयका उपसचिव होम प्रसाद घिमिरेले करिब दुई बजे मन्त्रीको पदमुक्तको पत्र प्राप्त भएको जानकारी दिए । मुख्यमन्त्री राउतले उनीसँग राजिनामा माग गरेपछि रायले राजिनामा दिएका थिएनन् । नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन उनलाई बर्खास्त गरिएको हो । राय आफ्नो पद बँचाउनकै लागि महन्थ ठाकुरका साथ छाडेका थिए ।