धनुषामा भुत मेला जांदै गरेको ट्याक्टर दुर्घटना – Jaleshwortoday

धनुषामा भुत मेला जांदै गरेको ट्याक्टर दुर्घटना

 २ मंसिर २०७८, बिहीबार २३:२१  
Tractor

जलेश्वरटुडे समाचारदाता
धनुषा, २ मंसिर
धनुषामा भुत मेला हेर्न तीर्थालु बोकेर जाँदै गरेको ट्याकटर दुर्घटना हुँदा दुई भारतीय नागरिकको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएका छन् । धनुषा र सिरहाको सीमा भएर बग्ने कमला नदीका कार्तिक पूर्णिमको दिन लाग्ने भुत मेला हेर्न तीर्थालु बोकेर गइरहेको अनटेस्ट भारतीय ट्याक्टर बिहीबार अपराहन्न ५ बजे हुलाकी सडक खण्ड अन्तर्गत धिनुषाको वदेह नगरपालिका ७ बेलापट्टीमा पल्टेको हो । अर्को ट्याक्टरलाई अभरटेक गर्ने क्रममा ट्याक्टर पल्टेर दुर्घटना भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र त्रस्नेतलो टुडेपाटीलाई ानकारी दिए । उनका अनुसार दुर्घटनामा दुई भारतीय नागरिकको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहारको सीतामढी बेला थाना एकरहियाका अम्बिका मण्डल र दामदयाल राय यादव छन् । १८ जना घाइतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुर र रामजानकी हस्पिटलमा भइरहेको छ । उनीहरु सबै भारती नागरिक रहेको प्रहरीले जनाएको छ । घटना पश्चात चालक फरार भएका छन् । घटना विषयमा थप अनुसन्धान भइरहेको र फरार चालकको खोजविन जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।