महोत्तरी जिल्लामा १५ वटा स्थानिय निकायहरु छन् । सबै स्थानिय निकायहरुको आफ्नै भौगोलिक,धार्मिक,साँस्कृतिक तथा परम्परागत पृष्ठभूमिहरु छन् । यी स्थानिय निकायहरुका नेतृत्व पालिका प्रमुखहरुलाई दिइएका छन् । अहिले हरेक पालिकाहरुका काम लगभग यो आर्थिक वर्षसम्म पुरानै स्थानिय नेतृत्वकर्ताबाट हुने छ । सबै स्थानिय निकायहरुले आ—आफ्नै ढंगले पालिकाको विकास तथा प्र्रबद्र्धन गर्नमा प्रयास गरे । यतिबेला बास्तवमा जनताले मुल्याँकन गर्ने बेला भएको छ किनकी यो समयावधि अन्तिम रहेको छ । बैशाखतिर स्थानिय चुनाव हुनेछ र नयाँ वा पुरानै अध्यक्ष लगायत अन्य जनप्रतिनिधिहरु निर्वाचित हुने छन् । कतिपय पालिकाहरुका काम युद्ध गतिमा भएका छन् भने कतिपय पालिकाका कामहरु शुस्त गतिमा भएका छन् । कतिपय पालिकाहरुले निर्माण,विस्तार तथा प्रबद्र्धनको काम गरेका छन् भने कतिपय पालिकाहरु आन्तरिक कलह तथा द्वण्द्वका कारण काम गर्न सकेका छैनन् । कतिपय पालिकाहरुले अद्वितीय काम गर्नुका साथै आफ्नो पालिकाप्रति सरकारको आँखा तान्नमा कुनै कसर छोडेका छैनन् । मटिहानी नगरपालिका कान्छो नगरपालिका भए पनि यसले आफ्नो काम प्रशंंसनिय रुपमा देखाएका छन् । तर यस पालिकाले अझै संघर्ष र चुनौतिहरुको सामना गर्न सबल हुन जरुरी छ । यसैको छिमेकी पालिका जलेश्वर नगरपालिकाले विभिन्न कामहरु गरे पनि त्यहाँको धार्मिक महत्वलाई उजागर गर्दै पर्यटकीय विकास गराउनमा त्यति सबल देखिदैन । राष्ट्रिय रुपमा परम्परागत इतिहास बोकेको जलेश्वरको विकासको गतिमा कुनै प्रभाव परेको देखिदैन । यसको विकासको लागि नविनतम चिन्तन र परोपकारी मनको आवश्यकता रहेको देखिन्छ । यसको मौलिक विकासको अहिले पनि खाँचो रहेको देखिन्छ । यसैगरी महोत्तरी जिल्लाका अन्य पालिकाहरुले पनि विभिन्न प्रयासहरु गरेपनि यो अन्तिम आर्थिक वर्षमा पनि राम्रा कामहरु गरेर जनताप्रतिको जिम्मेबारी बहन गर्नबाट चुक्नु मुर्खता नै हुने देखिन्छ । पुराना थाति रहेका कामहरु हरेक पालिकाहरुले समयमै पुरा गरेर जनतालाई संतुष्ट पार्ने प्रयास गर्नु नै बुद्धिमानी देखिन्छ । निर्माण लगायत अन्य ठेक्का तथा विकासात्मक कामहरु गर्न गराउनमा जनप्रतिनिधिहरु अहोरात मिहिनेत गर्न सक्नुपर्छ । किनभने जनतालाई मिहिनेति र ईमानदार जनप्रतिनिधि चाहिएको हुुन्छ । सत्य परेशान जरुर हुन्छ तर अन्त्यमा जित सत्य कै हुन्छ । त्यसकारण राम्रोको प्रशंसा गरौं ।