ज्ञान गंगा ई.पब्लिक स्कुलको परीक्षाफल प्रकाशित – Jaleshwortoday

ज्ञान गंगा ई.पब्लिक स्कुलको परीक्षाफल प्रकाशित

 ६ मंसिर २०७८, सोमबार ०१:३०  
Gyan

जलेश्वरटुडे समाचारदाता
धनुषा, ५ मंसिर
धनुषाको जनकपुरधामको कुवा(एयरपोर्ट रोड)मा स्थापित ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले आइतबार प्र्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशित गररेका छन् । एउटा कार्यक्रम वीच विद्यार्थी,अभिभावक तथा शिक्षकहरुको उपस्थितिमा कक्षा पिजिदेखि कक्षा ५ सम्मको परीक्षाफल प्रकाशित भएको जानकारी उपप्रधानाध्यापक सोनी साहले दिनु भयो । प्रत्येक कक्षाका प्र्रथम,द्वितीय तथा तृतीय भएका विद्यार्थीहरु लाई क्रमशःगोल्डेन,सिलभर र ब्रोन्ज मेडल प्रदान गरी टिका लगाई सम्मान गरिएका थिए । सो कार्यक्रमको अध्यक्षता प्र्रधानाध्यापक पवन कुमार साहले गर्नुभएको थियो भने उद्घोषण वरिष्ठ शिक्षक सरोज झाले गर्नुभएको थियो । कार्यक्रममा शिक्षक तथा अभिभावकहरुलाई सम्मान समेत गरिएको थियो ।